मंगला गाउँपालिकाका कृषकहरुलाई मल, विउ, औजार वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखा मार्फत प्राङ्गागरिक मल, सिकेचर, मकै र च्याउको विउ वितरण गरेको हो । सुन्तला बगैचाका लागि ८० जना कृषकहरुलाई एक सय केजीका दरले आठ हजार सागा प्राङ्गगारिक मल निशूल्क वितरण गरिएको गाउँपालिकाको कृषि प्राबिधिक जगत बानियाले जानकारी दिनुभयो ।

सुन्तला बगैचा व्यवस्थापनका लागि कृषक समूहहरुलाई ३० वटा सिकेचर र आरि वितरण गरिएको छ । पचास प्रतिशत अनुदानमा मनकामना ३ जातको दुई हजार किलोग्राम मकैको विउ र एक हजार ३०० पोका कन्य जातको च्याउको वितरण गरिएको प्राबिधिक बानियाले बताउनुभयो । गाउँपालिकाको स्विकृत कार्यक्रम अनुसार कृषकहरुबाट माग संकलन गरेर मल, विउ र औजार वितरण गरेको उहाँले बताउनुभयो ।