म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीमा बिहीबार राती चट्याङ पर्दा विद्युतको ट्रान्सफर्मरमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको छ । भकिम्लीको डोलेमा रहेको ट्रान्सफर्मरमा चटयाङले क्षति पु¥याएपछि डोले, मुसुङ, छेपारे क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको स्थानीयबासी डिलबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार त्यहाँका १६० घरधुरी केन्द्रीय प्रशारण लाइनको विद्युत सुबिधाबाट बञ्चित भएका छन् । नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रमा जानकारी गराएर ट्रान्सफर्मर मर्मत अथवा परिवर्तनका लागि पहल गरिएको थापाले बताउनुभयो ।यसैगरी चट्याङले डोलेका इन्द्रबहादुर पुनको घर र त्यहाँ रहेका विद्युतीय उपकरणहरुमा क्षति पु¥याएको छ ।