प्रतिकुल मौसमका कारण स्थगित भएको मंगला गाउँपालिका प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय प्रतियोगिता फागुन ७ देखि ९ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी गरिएपनि गत माघ २५ देखि २७ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता बर्षासंगै हिमपात भएपछि रोकिएको थियो ।

गाउँकार्यपालिकामा भएको बैठकमा स्थगित प्रतियोगितालाई सञ्चालन गर्ने निर्णय भएको मंगला खेलकुद विकास समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले बेनीअनलाइनलाई बताए । ‘स्टेज सहित खेलमैदानमा बाहेक सम्पूर्ण तयारी पुरा भएको छ,‘सबै विद्यालयलाई जानकारी गराइसकिएको छ’ कँडेलले भने । प्रतियोगिताको तयारी सहित बावियाचौरमा प्रतियोगिता सञ्चालन गरिने छ ।

प्रतियोगितामा प्रथम,द्धितिय र तृतियलाई क्रमश ५०, ३० र २० हजार नगद, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडी सम्म्मान लगाएतका गतिविधिहरु सञ्चालन गरिने छ । भलिबल, एथ्लेटिक्स, कबड्डी लगाएतका खेलहरु सञ्चालन गरिने प्रतियोगिताको ब्यवस्थापनमा समेत सक्रिय खेलकुद विकास समितिले जनाएको छ । मंगला खेलकुद गतिविधिमा अब्बल मानिन्छ । जिल्लास्तरीय प्रतियोगितामा समेत मंगला गापा अन्तरगतका विद्यालयले सानदार खेल प्रर्दशन गर्ने गरेका छन्।