नेपाली कांग्रेस म्याग्दीको भवन पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । शुक्रबार पार्टी कार्यालयमा सम्पन्न जिल्ला कार्यसमितिको पूर्ण बैठकले आगामी फागु्न २५ गते भवनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको पार्टीका प्रबक्ता अजयमिलन श्रेष्ठले बताए । भवन उद्घाटन सहित जिल्लास्तरका कार्यकर्ता भेटघाट तथा भावी योजनाका बारेमा समेत छलफल हुने छ ।

कार्यक्रममा पार्टीका प्रबक्ता विश्वप्रकाश शर्मा लगाएतका नेताहरुको समेत उपस्थिती हुने बताइएको छ । पूर्ण बैठकले जिल्लास्तरमा संगठनका गतिविधिलाई गाउँगाउँमा पु¥याउने, वर्तमान सरकारका जनविरोधी गतिविधिको भण्डाफोर लगाएतका कार्यक्रमहरु समेत गरिने बताइएको छ । बैठकमा जनवर्गिय संगठनको अधिवेशन सहित विषयमा समेत छलफल भएको थियो। पार्टी सभापति खम्बीर गर्बूजाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पदाधिकारी सहित कार्यसमितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।