दुखुका मृगौला पीडितलाई दग्नाममा सहयोग संकलन

0

दुवै मृगौलाले काम गर्न छोडेपछि उपचार गराइरहेका मालिका गाउँपालिका वडा नं ६ दरबाङ दुखुका मृगौला पीडितलाई दग्नाममा सहयोग संकलन गरिएको छ । दुखुका मृगौला पीडित मिलन रोकालाई रघुगंगा गाउँपालिका वडा नं ४ दग्नामका यूवाहरुले गाउँमा घरदैलो तथा प्रवासमा रहेका दग्नामबासीबाट ३३ हजार ८४५ रुपैयाँ संकलन गरेको सहयोग अभियानमा जुटेका मोहन तिलिजाले बताए ।

उनका अनुसार दग्नामी चेली दिना गर्बुजाले आर्थिक अभावका कारण उपचारमा समस्या भएको जानकारी गराएपछि यूकेमा रहेका कुमार गर्बुजाले १० हजार ३५ रुपैयाँ, घरदैलोमा २०५० सहित दुईचरणमा संकलन गरिएको सहयोग वडा अध्यक्ष रुक बहादुर गर्बुजा मार्फत हस्तान्तरण गरिएको हो । यूकेमा रहेका कुमार गर्बुजाले अभियानको पहल गरेका थिए ।
सहयोग हस्तान्तरण गदैं वडा अध्यक्ष गर्बुजाले विश्वभर रहेका दग्नाबासीले आफ्नो गाउँलाई मात्रै नभई जिल्लाका विभिन्न स्थानका साथै अन्य जिल्लामा समेत सहयोग गरेको बताए । गरिब तथा बिपन्न रोकाको उपचारमा आर्थिक अभाव झेल्दै आइरहेका छन् । जटिल रोग देखिएपछि सहयोग संकलन विना उपचार सम्भव नभएको बताउँदै सहयोग सङ्कलन गरी उपचार गर्नुपर्ने दग्नामबासीको भनाई छ ।