म्याग्दीको उच्च पहाडी क्षेत्रमा दुई साताअघिको हिउँ पग्लिन नपाउँदै शनिवार बिहानैदेखि पुनः हिमपात सुरु भएको छ । गुर्जामा यस वर्षको अहिलेसम्म छैठौँ पटक हिमपात भएको छ ।म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा शनिवार (आज) बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर बनेको धौलागिरि गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

शनिवार बेलुकीदेखि पुनः हिउँ पर्न थालेपछि अत्याधिक चिसो बढेको कारण घरभित्र बाहिर गर्न पनि मुस्किल भएको उहाँले बताउनुभयो । अत्यधिक चिसोका कारण बालबालिका,बृद्धबृद्धा लगाएतस्थानीयबासीको जनजिवन प्रभावित भएको अध्यक्ष छन्त्यालको भनाइ छ ।हिमपातका कारण बस्तुभाउलाई आहराको समस्या हुन थालेको छ । अत्यधिक बर्षा र हिउँले खेतीबालीमा क्षति पुगेर कृषक चिन्तीत भएका छन्त्यालले जानकारी दिनुभएको छ । धु्बसागर शर्मा