जमुना सुनारलाई खाद्यान्न र नातिहरुलाई स्टेशनरी तथा खाजा सहयोग

0

बुबा आमा दुबैले दोस्रो बिबाहा गरेर गएपछि हजुरआमासंग चर्पीका लागि बनाइएको छाप्रोमा बस्दै आएका दुई भाइ र तिनीहरुकी हजुरआमा ७५ वर्षिया जमुना सुनारलाई शनिवार बेनी नगरपालिका २ भकुण्डेका भीमवहादुर पौडेलले खाद्यान्न,स्टेशनरी र खाजा सहयोग गर्नुभएको छ ।

छोरा बुहारीले छोडेर गएपछि बालुवा चालेर र अरुको ज्याला मजदुरी गरेर नातिहरुलाई पाल्दै आएकी ७५ वर्षिया सुनार नातिहरु सहित बेनी नगरपालिका २ बगरफाँटको सरस्वति आधारभूत विद्यालयको शौचालयमा वस्दै आएको समाचार विभिन्न संचारमाध्यमहरुमार्फत थाहा पाएपछि पौडेलले रु ४ हजार ब्।राबरको खाद्यान्न र स्टेशनरी तथा खाजाका लागि विस्कुट सहयोग गर्नुभएको हो ।

शनिवार भकुण्डेबाट विद्यालयमा नै आएर पौडलले एक बोरा चामल,आलु, दाल,नुन,कापी,कलम र विस्कुट लगाएतका सामाग्रहीहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्की,स्थानीय बुद्धिजीविहरु कृष्णबहादुर कार्की, भीमबहादुर रिजाल, खगराज निउरे,विष्णुप्रसाद शर्मा, खिमबहादुर कार्की, कृष्णप्रसाद रिजाल,गणेश घिमिरे लगाएतको रोहबरमा परियारलाई प्रदान गर्नुभएको हो ।

बुबा र आमा दुबैले दोस्रो विवाहा गरेर बेपत्ता भएपछि अलपत्र बनेका ९ वर्षिय एनोस र ७ वर्षिय सिमसन २ वर्षदेखि हजुरआमा जमुनासंगै बस्दै आएका छन् ।तीन महिना (मंसिर) अघिसम्म बेनी बजारमा कोठा भाडामा लिएर बालुवा चाल्ने,अरुको ज्याला मजदुरी आदि काम गरेर नातिहरुलाई पाल्दै आएकी जमुना कोठा भाडा तिर्ने पैसा नभएपछि गत मंसिरदेखि सरस्वति आधारभूत विद्यालयको चर्पीका लागि बनाइएको छाप्रोमा बस्दै आउनुभएको छ ।