विद्यार्थीको प्रतिभा पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनजागृति मावि पूर्णगाउँले आयोजना गरेको डान्स आइकन सिजन–२ को उपाधी दिपशिखा मावि कुहुँकी स्नेह रोकाले जितेकी छन् । जिल्लाको मंगला गाउँपालिका –१ कुहुँ पूर्णगाउँमा अवस्थित विद्यालयमा फागुन ३ र ४ गतेसम्म सञ्चालन गरिएको एकल नृत्य प्रतियोगितामा प्रथम भएकी रोकाले नगद ९ हजार ९९९ नगद, स्वर्णपदक, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

त्यस्तै मंगला मावि बावियाचौरकी बन्जु पूर्जा उपविजेता र सरस्वती मावि तातोपानीकी विपना फगामी तृतिय भएकी छन् । प्रतियोगितामा द्धितिय र तृतियले क्रमश ७ हजार ७७७ र ४ हजार ४४४ मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।प्रतियोगितामा त्रिभुवन मंगला माविकी एलिसा जिसी र ज्योती आधारभुत डडुवाकी मेलिना पाईजाले नगद १ हजार १११ सहित प्रमाणपत्र प्राप्त गरेको विद्यालयका प्रधानध्यापक टेक राम्जालीले बताए ।

‘विद्यार्थीको प्रतिभाको पहिचानमा भूमिका खेलेको छ,‘यसलाई भविस्यमा पनि निरन्तरता दिन्छौ’ राम्जालीले भने । उनका अनुसार नृत्य प्रतियोगितासंगै शैक्षिक गतिविधिका बारेमा समेत छलफलमा सहज हुने बताए । विद्यालयको जुरेश र जागृति बालक्लवको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा १५ विद्यालयका २० विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रमको शुक्रबार वडा अध्यक्ष क्याप्टेन डेक बहादुर राम्जाली र सञ्चालन बाल क्लव सचिव सुरेश खत्रीले गरेका थिए ।