जिल्लामा छरिएका दलित महिलालाई संगठित गर्ने उदेश्यले शनिबार बेनीमा दलित महिला संघ तदर्थ समिति गठन भएको छ । सदरमुकाम बेनीमा आयोजित भेलाले सम्झना परियाको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्याक्षमा राजकुमारी विश्वकर्मा, सचिव बिबा विश्वकर्मा, सहसचिव सरिता किसान, कोषाध्यक्ष कल्पना भट्राई विक रहेकी छन् ।

त्यस्तै समितिको सदस्यहरुमा संगिता बोहोरा, सृजना गोतामे, दमवन्ती रुचाल, सीता विक, अनिता बिक, रश्मीता बिक रहेको याम किसानले बताए ।भेलाका प्रमुख अतिथि बागलुङ महिला दलित संघकी अध्यक्ष सरुवती हरिजन, विशिष्ट अतिथि नेपाल राष्ट्रियदलित मुक्तिमोर्चा केन्द्रिय कार्यालय सदस्र्य टेक बहादुर बिक, दलित अधिकारकर्मी याम किसान, बागलुङ दलित महिला संघकी उपाध्यक्ष पुनम बस्याल, बेनपा ७ की वडा सदस्य राजकुमारी विक लगाएतको उपस्थिती रहेको थियोे।

जिल्लामा दलित आवद्ध संघसंस्थालाई स्थानीय तह संगै वडास्तरसम्म सञ्चालन गर्ने बताइएको छ । कार्यक्रमको अध्यक्षता भिकुमारी विकको अध्यक्षता संगिता किसानको सञ्चालन र सम्झना परियारको स्वागतमा सम्पन्न भएको थियो । तर्दथ समितिले जिल्लाभरका दलित महिलाको तथ्याङ्क संकलन सहित भावी कार्यक्रम गर्ने जनाइएको छ ।