जिल्लाको मंगला गाउँपालिका–१ थाईवाङका सबै घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ । नेपाल र फिनल्याण्ड सरकार, मंगला गाउँपालिका र स्थानीय उपभोक्ताको आर्थिक तथा जनश्रमदानमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्मित आयोजना मार्फत थाईबाङका ८५ घरधुरीमा खानेपानीको धारा जडान गरिएको हो ।

७२ लाख ५८ हजार ६८८ लागतमा सम्पन्न भएको पन्चासे ओखरबोट खानेपानी तथा सरसफाई योजनाको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गदैं समुदाय सक्रिय भएमा विकास निर्माण सहित समुदायमा आधारित परियोजनाहरु निर्धारित समयमै सम्पन्न गर्न सकिने बताए । ‘जनताका समस्या विस्तारै समाधान हुदैछन्,‘प्राथमिकताका आधारमा योजनाहरुलाई अगाडी बढाउँदैछौ’ अध्यक्ष रोकाले भने ।

उनले शुद्ध खानेपानीको प्रयोगसंगै गाउँपालिका भित्र कृषि उत्पादनलाई बढाउन केही नयाँ अभियान सञ्चालन गरिएको बताए । थाईबाङ आधारभुत विद्यालयको प्राङ्गनमा आयोजित कार्यक्रममा उपाध्यक्ष सिर्जना केसी, परियोजनका सरसफाई विज्ञ चन्द्रभक्त विष्टले मुहानदेखि घरको धारासम्म सफा पानीका लागि समुदायले निरन्तर सक्रियता देखाउनुपर्ने बताएका थिए ।

त्यस्तै वडा अध्यक्ष डेग बहादुर राम्जाली, वडा सदस्य दिलकुमारी खत्री, वडा नं २ का सदस्य चक्रलाल पाण्डे, चन्द्रमान शेरपुञ्जा, गाउँपालिकाका इन्जिनियर सोहनजंग कार्की, कर्मचारी सिजन रोका र परियोजना प्राविधिक सहजकर्ता इन्द्र चन्द्र लगाएत थाईबाङका आमा समुह यूवा क्लवका पदाधिकारी सहितको उपस्थिती रहेको थियो । कार्यक्रमको योजनाको अध्यक्ष कृष्ण पुनको अध्यक्षता, अनुगमन समितिका ओम बहादुरको स्वागत मन्तब्य, अनुगमन समितिका संयोजक बलिभद्र गौतमको आर्थिक प्रस्तुत गरेका थिए भने सहजकार्ता गोविन्द पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

उद्घाटनसंगै सार्वजनिक लेखापरिक्षणमा प्राविधिक सहजकर्ता इन्द्र चन्दले निर्माण संरचनाको मुल्याङ्कन, सरसफाई विज्ञ चन्द्रभक्त विष्टले सम्रग अनुगमनका जानकारी, सुचना अधिकृत एवम् गाउँपालिकका कार्यकारी सचिव राजेन्द्र आचार्यले आयब्यय अनुमोदनका सथै योजनाको दिगोका बारेमा जानकारी गराएको थाईबाङ आधारभुत विद्यालयकी प्रधानध्यापक देवी पूर्जाले जानकारी दिईन् । उनका अनुसार उपभोक्ता समितिका मोहन पाईजाले कोषको स्थापना गरी खानेपानी योजनालाई दिगो बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । परियोजना अन्तरगत विद्यालयमा बालमैत्री धारा निर्माण समेत भएको छ भने थाईबाङका ४ सय ५३ जनसंख्या लाभान्वित भएका छन् ।