एनएमबी बैंकले देशभरका शाखामा खाता खोल्ने ग्राहकलाई १८ गम्भीर रोगहरुको विरुद्धको उपचारका लागी १० लाखसम्मको बीमा सुविधा ल्याएको छ । बैंकमा ग्राहकलाई आर्कषित संगै सुविधालाई समेत प्राथमिकता दिएको बैंकले विना कुनै प्रमियम शुल्क क्यान्सर रोग, किड्नीको समस्या, दिमागमा ट्युमर, अन्तिम अवस्थामा पुगेका लिभरका विरामी, मुटुको समस्या, अचेत भएको अवस्थामा कोममा पुगेका विरामी सहित जटिल किमिसका १८ रोगका विरामीलाई सुविधा रहेको बैंकका बेनी शाखा प्रवन्धक पुस्कल ढुंगानाले बताए ।

‘यो सुविधाले ग्राहकलाई आर्कषित गरेको छ,‘यो अवसर लिन अनुरोध गर्दछौ’ उनले भने । विमा सुविधामा दुर्घटना, मृत्यू तथा स्थायी पूर्ण अशक्तता पनि समावेश गरिएको छ । बैंकले म्याग्दीमा ठूला तथा साना ब्यापारीका साथै कृषि पेशामा संलग्न किसानलाई प्राथमिकता दिएर लगानी गरेको छ । बैक बेलायत स्थित फाइनान्सियल टाइम्बाट यस वर्ष पनि ‘बैंक अफ दि ईयर २०१८’को सम्मानसमेत प्राप्त गर्न सफल भएको थियो ।