गण्डकी प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा म्याग्दीले एथ्लेटिक्स तर्फ ८ वटा पदक जितेको छ । ८ औ राष्ट्रिय खेलकुदलाई लक्षित गरी पोखरा रंगशालामा आयोजित प्रतियोगितामा आइतबारसम्म सम्पन्न भएको एथ्लेटिक्स अन्तरगतका विभिन्न खेलमा म्याग्दीबाट सहभागी भएका खेलाडीले रजत सहित ८ पदक जित्न सफल भएको प्रशिक्षक विनोद घर्ती क्षेत्रीले बताए ।

उनका अनुसार लम्जममा इश्वर शेञ्चुरी र १० हजार सय मिटर दौडमा शोनिया बरुवालले रजत पदक जितेका छन् ।त्यस्तै १ सय मिटर दौडमै सुजन छिनालले काँस्य, ४ सय मिटरमा इश्वर शेञ्चुरी काँस्य र एक सय इन्टु ४ सय मिटर रिलेमा शुसिल श्रेष्ठ, सुजन छिनाल, इश्वर शेञ्चुरी र प्रदिप छन्त्यालले कास्य पदक जितेका हुन्। प्रतियोगितामा इश्वर शेञ्चुरीले एक्लै रजत र दुई काँस्य जितेका छन् । म्याग्दीबाट सोमबार पनि एथ्लेटिक्स विधाका हुने प्रशिक्षक घर्तीले बेनीअनलाइनलाई बताए ।

राष्ट्रिय खेलकुदमा सहभागी हुन म्याग्दीबाट छात्रछात्रा भलिबल, फुटबल, ब्याटमेन्टिन कराँते, टेक्वान्डो,बास्केटबल, टेबलटेनिज,उसु लगाएतका खेलमा सहभागि हुने बताइएको छ । म्याग्दीबाट टेबलटेनिस बाहेक अन्य विधामा पदकको अपेक्षा गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । उनका अनुसार खेलकुदलाई थप प्रभावकारी बनाउने गरी अनुभवी प्रशिक्षकलाई जिम्मा दिएर पठाइएको बताए । गण्डकी प्रदेशको खेलमा पदक जितेका खेलाडी प्रदेशबाट राष्ट्रिय खेलमा सहभागिता जनाउने छन्।