म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा यही फागुन ११ गते विशेषज्ञ सेवा सहितको बिृहद् स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । म्याग्दी–पोखरा चौतारीको आयोजना, ज्यामरुककोट समाज नेपाल र बेनपा वडा नं २ को सहआयोजनामा हुन लागेको उक्त शिविरमा पोखराका ख्यातीप्राप्त विशेषज्ञ चिकित्सकहरुद्धारा सेवा प्रदान गरिने वृहद् स्वास्थ्य शिविर आयोजक समितिका संयोजक एवम् म्याग्दी–पोखरा चौतारीका उपाध्यक्ष गोपाल घिमिरेले जानकारी दिनुभएको छ ।

स्वास्थ्य शिविर संयोजक घिमिरेले दिएको जानकारी अनुसार शिविरमा हाडजोर्नी तथा नशा रोगका विशेषज्ञ डा. भरत खत्र्री, स्त्रीरोग विशेषज्ञ डा. थममाया पुन,नाक,कान,घाँटीका विशेषज्ञ डा. कृष्णचन्द्र रिजाल एवम् फिजिशियनका विशेषज्ञ चिकित्सकहरुद्धारा सेवा प्रदान गरिने छ ।पहिलो पटक आफ्नै घरदैलोमा विशेषज्ञ चिकित्सकहरुद्धारा स्वास्थ्य सेवा प्रदान गर्न लागिएकाले शिविरबाट लाभ लिन ज्यामरुककोट क्षेत्रका वासिन्दाहरुलाई आयोजकले आग्रह गरेको छ ।