आर्थिक अभावका कारण उपचारमा समस्या झल्दै आएका म्याग्दीका एक मृगौला पीडितलाई मोना यूएईले आर्थिक सहयोग संकलन गरेको छ । मृगौलाले काम गर्न छोडेपछि उपचार गराइरहेका मालिका गाउँपालिका वडा नं ६ दरबाङ दुखुका मिलन रोकालाई रोजगारको सिलसिलामा यूएईमा पुगेका म्याग्देलीहरुको साझा संस्था मोना यूएईकी कार्यसमिति सदस्य यमुना रोका मगरको संयोजकत्वमा संकलित ८५ हजार ९८२ रुपैयाँ आर्थिक सहयोग पीडित रोकालाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

काठमाण्डौमा उपचार गराइरहेका रोकालाई मोना यूएईका कार्यसमिति सदस्य रामचन्द्र शर्मा र सांस्कृतिक विभागका खेमु रोकाले सहयोग हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा पीडित रोकाले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको पहलमा संकलन भएको आर्थिकले उपचारमा सहज भएको बताए ।

‘तपाईहरूको सहयोगले सहज भएको छ,‘अझै धेरै सहयोग आवश्यकता छ’ रोकाले भने । उनले आर्थिक अभावकै कारण मृत्युलाई रोज्नुपर्ने बाध्यता भएपनि उपचारमा विभिन्न क्षेत्रबाट सहयोग जुटन् थालेपछि नयाँ जीवनको आशा जागेको बताए । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि आफन्तले ऋणधन संकलन गरी उपचारसंगै स्वदेश तथा विदेशबाट समेत सहयोग संकलन भइरहेको छ । उता मोना यूएईका कार्यसमिति सदस्य एवम् अभियानकी संयोजक रोका मगरले आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गदैं भविस्यमा पनि सहकार्यको अपेक्षा गरेको बताईन् ।