नेपाली लोक गायक पशुपति शर्मा विश्वभर चर्चा र खोजीको पात्र बनेका छन् । मुलुकभित्रको भ्रष्टाचार, व्यथिति, अनियमितताविरुद्ध ‘लुट्न सके लुट’ गीत भिडियोसहित सार्वजनिक गरेपछि विकसित घटनाक्रमले उनलाई संसारभर खोजिगरिएको हो । बिहीबार सो गीत युट्युबमा अपलोड गरेपछि रातारात हिट भयो । गीतका शब्द र दृश्यलाई लिएर सत्तारुढ दलको भातृसंगठन युवसंघ नेपालको धम्कीपूर्ण विज्ञप्ति जारी गरेपछि शुक्रबार गायक शर्माले सो गीत युट्युबबाट हटाए ।

जस कारण सरकार र सत्तारुढ दलको दबाबका कारण गीत हटाउन बाध्य पारिएको भन्दै सरकारको कडा आलोचना भइरहेको छ । यस घटनाले मुलुकभित्र मात्रै होइन संसारभर उनलाई र उनको गीत खोजी भइरहेको छ । विश्वभरका संचारमाध्यमहरुले उनलाई कभर गर्न थालेका छन् भने सर्च इन्जिन गुगलमा खोजीको सूचीको पहिलो नम्बरमा गायक शर्मा परेका छन् ।  .osnepal.com