मंगला गाउँपालिका अन्तर माविस्तरीयस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय प्रतियोगिता सुरू भएको छ । बावियाचौरमा सञ्चालित प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर केसीले उद्घाटन गदैं जिल्लाको खेलकुद क्षेत्रमा सम्भावना भएकाले शिक्षासंगै खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले खेलकुदबाट विश्वमा राष्ट्रकै पहिचान बनाउन सकिने बताए ।

उनले गाउँपिच्छे लाग्ने मेलापर्वलाई निरुत्साहित गदै विद्यालयस्तरका प्रतियोगितालाई नियमित सञ्चालन गर्न सकिने बताएका थिए । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले गाउँपालिकाले पहिलो अभ्यासका रुपमा कप सञ्चालन गरेको बताउँदै भविस्यमा खेलकुद गतिविधिमा आवश्यकता अनुसार सहकार्य गर्न सकिने बताए ।

उनले खेलकुदले विद्यार्थी सक्षम हुने बताए । मंगला २ का वडा अध्यक्ष धनबहादुर खाती, मंगला खेलकुद विकास समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले मन्तब्य राखेका थिए । उद्घाटन सत्रको अवसरमा नीजी तथा सामुदायिक विद्यालय, विभिन्न जातीय संघसंस्थाले बावियाचौर बजार परिक्रमा गरेका थिए ।उद्घाटन सत्रको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाभित्रबाटै राष्ट्रिय भलिबल प्रतियोगितामा समेत सहभागी भइरहेको बताए ।

विगतमा पश्चिमाञ्चलस्तरीय खेलमा समेत गाउँपालिकाले भलिबल सहितका विधामा उपाधी जितेको स्मरण गदै अध्यक्ष रोकाले खेलकुद र शैक्षिक गतिविधिलाई संगसंगै लैजाने बताए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिर्जना केसीको स्वागत, गाउँपालिकाका स्रोतब्यक्ति डेकबहादुर बानियाँले सञ्चालन गरेका थिए । प्रतियोगितामा भलिबल, एथ्लेटिक्स विधाका विभिन्न खेलका साथै कबड्डी सञ्चालन गरिने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ। यसैबीच उद्घाटन खेल अन्तगत १५ सय मिटर छात्रतर्फ दिपशिखा माविका मन बहादुर किसानले स्वर्ण, मंगला माविकी सुजन खत्रीले रजत र महेन्द्र माविका हरिचन्द्र रोकाले काँस्य पदक जितेका थिए । त्यस्तै १५ सय मिटरकै छात्राफर्तको खेलमा दिपशिखाकै एनजिला खत्रीले स्वर्ण, मंगला माविकी मिरा गिरी रजत र त्रिभुवन मंगलाकी अमृता खत्रीले काँस्य पदक जितेकी छन् ।