जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना फगाम घर भएकी एक बृद्धा बेपत्ता भएकी छन् । गएको शनिबार फगामबाट नाड्ढुंगा आउँदै गरेको अवस्थामा ७७ बर्षिया सावित्री सुबेदी सम्पर्कविहिन भएको स्थानीयकृष्ण परियारले बताए। ’सम्पर्कमा नआएपछि खोजीकार्य सुरु गरेका छौ,’मानसिक समस्या पनि छैन’परियारले बेनीअनलाइनलाई भने ।
उनले हराएकै दिनदेखि घरबाट विभिन्न स्थानमा खोजीकार्य गरिएको बताए ।

दाना, भुरुङ तातोपानी हुदै गाउँपालिकासम्म खोजीकार्यका लागी आएका स्थानीय र आफन्तले सेतो लुङ्गी लगाएर खुट्टामा चप्पल समेत नलगाई घरबाट निस्किएकाले फेला पारेमा सम्पर्क गर्न अनुरोध गरेको पत्रकार सुरेन गुरुङले जानकारी दिए ।बृद्धाको अनुहारमा केही सुन्निएको भएपनि एक्कासी घरबाट सम्पर्कविहिन भएपछि स्थानीयले खोजीकार्यमा तिब्रता दिएका थिए । गाउँपालिका तथा सिमा प्रहरीचौकी भुरुङ तातोपानी लगाएत बेनी जोमसोम सडकखण्ड र आफन्तलाई समेत जानकारी गराइएको छ ।