म्याग्दीमा  विभिन्न कार्यक्रमहरुको आयोजना गरेर ६९ औ प्रजातन्त्र दिवस मनाइएको छ । एक सय चार वर्षको जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको अवसरा मनाउँदै आएको दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले सहिदको सपना पुरा गर्ने वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । उनले सरकार प्रजातान्त्रिक मूल्य र मान्यता अनुरुप चलेको बताउँदै तानाशाही प्रबृत्ति भन्दै लगाइएको आरोपको कुनै औचित्य नभएको बताए ।

‘राजनीतिक उपलब्धीलाई संस्थागत गर्न प्रतिबद्ध छौ,’जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गरिरहेका छौ’ थापाले भने । उनले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्नका लागि प्रतिनिधिसभाबाट पारित भएको संसोधन ऐन राष्ट्रिय सभामा पेश भएको बताए । प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजना मनाइएको दिवसको अवसरमा पूर्व सांसद नवराज शर्मा, गोविन्द पौडेल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका सचिव क्याप्टेन मीनबहादुर कार्की, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले मन्तब्य राखेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षता, जिससका अधिकृत गोविन्द सुनारको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले स्वागत गरेका थिए । सोही अवसरमा तेस्रो निर्वाचन दिवस समेत मनाइएको थियो ।बेनीको विरेन्द्रचोकबाट निस्किएको प्रभातफेरी ¥यालीले बेनीबजारको परिक्रमा गरेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

यसैबीच जिल्लाको अन्नपूर्ण गाउँपालिकामा समेत दिवस मनाइएको छ । दिवसको अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले जनताका समस्या समाधान गर्न सकिएमा मात्रै दिवसको मर्म पुरा हुने बताए । कार्यक्रममा गाउँपालिकाका सल्लाहकार खड्ग गिरी, वडा अध्यक्ष एवम् प्रबक्ता कृष्ण बहादुर बरुवाल, वडा अध्यक्ष ओमप्रसाद फगामी, प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन हरिकृष्ण आचार्यले गरेका थिए । 

त्यस्तै रघुगंगा गाउँपालिकामा समेत विविध कार्यक्रम गरी दिवस मनाइएको छ । विद्यार्थीको उपस्थिीतिमा प्रभातफेरी कार्यक्रम गरी ज्ञानोदय माविमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले विद्यालयमा अध्ययरत दृष्टिविहिन विद्यार्थीलाई सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन पदम बहादुर भण्डारीले गरेका थिए ।

उता धवलागिरी गाउँपालिकाको ताकममा समेत दिवस मनाइएको छ। ताकमस्थीत बेनीअनलाइनकर्मी गोपाल आचार्यका अनुसार ताकम माविका विद्यार्थीले गाउँ परिक्रममा गरी विद्यालयमा कार्यक्तम गरेका थिए । त्यस्तै मुदीमा समेत दिवस मनाइएको छ । त्यस्तै मंगला गाउँपालिकाले राष्ट्रपति कपसंगै दिवस मनाएको छ । प्रतियोगिताको उद्घाटना प्रजातन्त्र स्थापनाका लागि शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठको सम्झना गरिएको थियो । त्यस्तै मालिका र धवलागिरी गाउँपालिकामा समेत दिवसको अवसरमा कार्यक्रम गरिएको छ ।