नेपाल बैंकले ब्याजदर घटायो, यस्तो छ नयाँ ब्याजदर

नेपालका ठूला वाणिज्य बैंकहरूले ब्याजदर घटाउन आनकानी गरिरहेको अवस्थामा नेपाल बैंक लिमिटेडले कर्जाको ब्याजदर घटाएको छ । उद्योग ब्यापारीले चर्को ब्याजदर भन्दै देशभर आन्दोलनमा उत्रिएपछि नेपाल सरकार र राष्ट्र बैंकले दवाव दिइरहेको अवस्थामा नेपालकै पहिलो नेपाल बैंकले सेवाग्राहीको सुविधालाई मध्यनजर गरी फागुन ६ गते सोमबारदेखि देखि लागु हुने गरी नर्या ब्याजदर सार्वजनिक गरिएको म्याग्दी शाखाका प्रबन्धक मोहनप्रसाद लामिछानेले बताए ।

‘ब्याजदरमा परिवर्तन भएको छ,‘तीनप्रतिशतको हाराहारीमा ब्याज घटेको छ’ लामिछानेले भने । उनका अनुसार कृषि, पशुपालन र उद्यमशिलतामा ब्याजदर न्यून भएकाले प्रक्रिया पुरा गरेर आएका सेवाग्राहीलाई कर्जा प्रवाह गर्न सकिने बताए । महिला उद्यमीलाई समेत सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्न सकिने बताए । सरकारी बैंक भएपनि सेवासुविधामा आर्कषित गर्ने गरी ग्रामिण क्षेत्रमै पुगेर समेत बैंकको सेवासुविधाका बारेमा जानकारी गराउने गरेको कर्जा शाखाका प्रमुख विनोद सापकोटाले बताए ।

‘कृषि र पशुपालनमा लाग्नेलाई राम्रो अवसर छ,‘ब्याजदर न्यून भएकाले र्एकपटक बैकमा आउन अनुरोध गर्दछौ’ सापकोटाले भने । बैंकको आवास, गाडी, ब्यतिगत लगाएत विभिन्न शिर्षकका ेकर्जामा न्यूनतम १.४७ देखि २.५० सम्म ब्याजदर घटेको छ । नेपाल बैंक अन्तरगत गण्डकी प्रदेशमा म्याग्दी शाखा उत्कृष्टमा मानिन्छ । केहीबर्ष अगाडी देशभरका शाखामा समेत म्याग्दी शाखा उत्कृष्ट १० भित्र परेको थियो । नेपाल बैंकभित्र सेवाग्राही संरचना तथा कर्मचारीका कारण पनि पछिल्लो समय आर्कषण बढेको छ ।