विद्यालय उमेर समुहका बालबालिका लागुपर्दाथको दुब्र्यसन, साइबर अपराध लगाएत सामाजिक गतिविधिका बारेमा सचेतनामुलक कार्यक्रम गरिएको छ । पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा अवस्थित न्यू होराईजन आवासीय  विद्यालयका विद्यार्थीलाई दुब्र्यनसी विरुद्धको अभियानमा सहयोग गर्न अनुरोध गदैं विद्यालयमा अध्ययरत विद्यार्थीलाई लागु औषध तथा ट्राफिक नियम, साईबर अपराध लगाएत विभिन्न अपराधिक गतिविधिका बारेमा जानकारी गराइएको विद्यालयका प्रधानध्यापक अर्जुन पौडेलले बताए ।

उनका अनुसार विद्यार्थीलाई सामाजिक अभियानमा सहयोगी भूमिका खेल्न प्रहरीको समुदायसंग साझेदारी कार्यक्रम अन्तरर्गत कार्यक्रम गरिएको बताए । सचेतनामुलक कार्यक्रममा पर्वतबेनीका प्रहरी प्रमुख असई धुव्र बोहोराले म्याग्दीको सदरमुकाम बेनीसंगै सिमाना जोडिएकाले पनि विद्यार्थीको सहयोगमा अपराधजन्य गतिविधि न्यूनिकरण गर्न सकिने बताए ।

हरेक अपराधिक घटना न्यूनिकरणमा समुदायको उत्तिकै भूमिका हुने भएकाले पनि बेनीबजारभित्र लागुऔषधको प्रयोकर्ता, साईबर अपराध तथा सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी विद्यालयसंग सहकार्य गर्ने बताएका थिए । कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीको सहभागिता रहेको थियो । सोही अवसरमा विद्यालयका प्रधानध्यापक पौडेलले विद्यार्थीको सहभागितामा विभिन्न कार्यक्रमहरु गरिने बताए । उनले प्रहरीका अन्य जनचेतनामुकल कार्यक्रमलाई समेत विद्यालयमा प्राथमिकता दिने बताए ।