बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा केही बेर अघि जीप दुर्घटना भएको छ । ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना हुँदा तिन जनाको मृत अवस्थामा शव भेटिएको छ । शवको पहिचान भने भइसकेको छैन । जीपमा करिव २५÷३० जना यात्रु रहेको स्थानीयले बताएका छन् ।
घटनाबारे बिस्तृत बिवरण आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले जानकारी दिनुभयो । सडकदेखि करिव ७ सय मिटर तल खसेको जीपमा के कति मानवीय क्षती भयो भन्ने एकिन हुन सकेको छैन । रात परेका कारण उद्धारमा कठिनाई भएको अध्यक्ष शर्माले बताउनुभयो । रविना बोहोरा