चाउचाउ किनिदिने भन्दै फकाएर बलात्कार पछि हत्या गरी जलाउने मगर पक्राउ

केही दिन अघि छिमेकीको विवाह भोजमा जाँदा ११ बर्षीय बालिकालार्इ बलात्कार पछि हत्या गरी जलाउने निरज गर्जा मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनले ती बालिकालाई बलात्कारपछि हत्यागरेर जलाएका थिए । मंगलबार उनलकाई धनुष प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनीक गरेको छ । पक्राउ परेका २२ बर्षीय मगर बटेश्वर गाउँपालिका, ४ बैगाली टोलका स्थायी बासिन्दा हुन् ।

मगरलाई प्रहरीले धनुषाकै विदेह नगरपालिका, २ दुहबीबाट पक्राउ गरेको हो । उनलाई जवरस्ती करणी र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन् । गत बुधवार अर्थात फागुन १ मा बुबासँग छिमेकी इन्द्र थापा मगरको छोरी मन्दिरा थापाको बिहे भोज खान गएकी थिईन ती बालिका र उनी नाचेकी थिईन् । नाचगान गर्दा गर्दै बिजुली गएपछि नाचगान बीचमै रोकियो । त्यसपछि बालिकालाई मगरले चाउचाउ र फ्रुट्री किन्ने भन्दै भन्दै अलिक टाढा उखुबारीमा लगेर बलात्कार गरेका थिए । त्यसपछि पोल खुल्ने डरले बालिकालाई त्ही जालाएका थिए ।