मंगला रनिङ शिल्डः महेन्द्ररत्न मावि जित नजिक

मंगला गाउँपालिका अन्तर मावि स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बरंजाको महेन्द्ररत्न मावि जित नजिक पुगेको छ । मंगलबार देखि बावियाचौरस्थीत मंगला माविमा आयोजित प्रतियोगितामा महेन्द्ररत्न माविले ९ स्वर्णपदक सहित अग्रता लिएको छ भने डनिङ आवासीय माविले ७ स्वर्ण सहित पच्छाइरहेको छ ।

प्रतियोगितामा दिपशिखा माविले ४ स्वर्ण र मंगला माविले ३ स्वर्ण पदक जितेको छ । प्रतियोगितामा महेन्द्ररत्नले ५ रजत, ७ काँस्य, डनिङ ४ रजत र २ काँस्य, दिपशिखा १ रजत, ३ काँस्य र मंगला ११ रजत र ५ काँस्य जितेको छ । प्रतियोगितामा अब्बल मानिएको मंगला अधिकांस खेलमा रजत पदकमा खुम्चिदाँ प्रतियोगिताको दोस्रोदिनसम्म चौथो स्थानमा सिमित भएको छ । ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने मूल नारासहित सञ्चालित प्रतियोगिताको बुधबार सम्पन्न एथ्लेटिक्स विधा अन्तरगत ३ हजार मिटर बाहेक सम्पूर्ण दौड प्रतियोगिता सम्पन्न भइसकेको छ ।

प्रतियोगिताको अन्त्य तर्फ आइरहदाँ महेन्द्र मावि जित नजिक पुगेको छ । बाँकी रहेका खेलमा समेत महेन्द्रका खेलाडीले अब्बल सावित गर्न सक्ने सम्भावना देखिन्छ । बिहिबार सम्पन्न हुने प्रतियोगितामा ३ हजार मिटर दौड, कवडड्ी र भलिबल खेल रहेको मंगला खेलकुद विकास समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले बताए । उनका अनुसार भलिबल तर्फको खेलमा छात्र तर्फ मंगला मावि र शिसुकल्याण मावि अर्मन फाइनलमा प्रवेश गरेका छन भने दिपशिखा मावि कुहुँ तृतिय हुदै कास्य पदक जितेका छ ।

त्यस्तै छात्रातर्फ महेन्द्र मावि र सिद्धशान्ति मावि हिदी बीचको खेल हुने छ ।त्यस्तै कबड्डी खेलको छात्र तर्फ महेन्द्र रत्न मावि र मंगला मावि, छात्रातर्फ महेन्द्र मावि र डनिङ आवासीय फाइनलमा पुगेका छन । कवडड्ीको छात्रछात्रामा क्रमश डनिङ र मंगला मावि तृतिय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । प्रतियोगिता बिहिबार समापन हुने छ ।