अर्मनबासी भन्छन्,‘अब पिसाबको हिसाब गछौं’

मानब मुत्र (पिसाब) तरकारी खेतीमा प्रयोग हुन्छ भन्ने सुनेकी अर्मनकी याममायाँ श्रीषले गाउँमै तालिम लिएपछि तरकारी खेतीमा पिसाबको प्रयोग गरिन् । श्रीषसंगै तालिममा सहभागी लाल बहादुर फगामी र भुमिसरा बुढाथोकीले तरकारी खेतीमा पिसाबको प्रयोगबाट हुने फाईदाका बारेमा जानकारी पाएपछि दंगै परे ।

गाउँघरमा जन्मिएदेखि खेर गइरहेको र सहरबजारमा पिसाब गरेबापत सार्वजनिक शैचालयमा उल्टै पैसा तिर्ने गरेको समाचार अर्मनबासीलाई मंगला गाउँपालिका कृषि शाखाले ६ दिने तालिमको आयोजना गरेपछि पिसाबको प्रयोगबाट तरकारी खेतीमा हुने फाईदाका बारेमा छर्लङ्गै भए ।

‘खेर गइरहेको पिसाबलाई अब हिसाबमा परिणत गछौं,‘खेतबारीमा तरकारी खेतीमा पिसाबलाई प्रयोग गरे उत्पादन बढाउँछौ’ अर्मनका कृषक याममायाँले भनिन् । उनले तालिमबाट तरकारी खेतीमा पिसाबको प्रयोगले उत्पादन बृद्धिका साथै रोग समेत नलाग्ने जानकारी पाएपछि सिकेको सीपलाई प्रयोग गर्ने बताईन्। तरकारी खेतीमा मानबमल मुत्र प्रयोगमा आवश्यक प्रयोगकात्मक अभ्यास समेत गरेका कृषकले गाउँमै पिसाबको बैक सञ्चालन गर्ने सम्मको योजना बनाएको मंगला गाउँपालिका कृषि शाखाका जगत बानियाँले बेनीअनलाइनलाई बताए ।

‘तालिमले उहाँहरुमो सोचमा परिवर्तन आएको छ,‘पिसाबलाई खेतबारीमा प्रयोगसंगै बिक्रीसम्मको योजना बनाउनुभएको छ’ बानियाँले भने । उनले तालिमबाट अर्मनका कृषक तथा विद्यार्थीले समेत खेर गइरहेको पिसाबलाई संकलन गर्ने प्रतिबद्धता जनाएका छन् । अर्मनको शिसुकल्याण माविमा फागुन ३ देखि ८ गतेसम्म सञ्चालन भएको तालिममा सहभागिले समाजमा रहेको नकारात्मक सोचलाई तालिमले परिवर्तन गरेको बताएका थिए ।

विना लगानीमै अर्गानीक तरकारीको उत्पादन दोब्बर हुने भएकाले पनि किसानले सिकेको सीपलाई लागु गरेरै छोड्ने सामुहिक प्रतिबद्धता समेत जनाएको गाउँपालिकाका सुचना अधिकृत राजेन्द्र आचार्यले बताए । उनका अनुसार दुई चरणमा तालिम सञ्चालन गरिएको थियो । गाउँपालिकालाई अर्गानीक भिलेजको मोडल लागु गर्ने अध्यक्ष सतप्रसाद रोकाले अर्गानिक मल र मानवमल मुत्रको प्रयोगलाई प्राथमिकता दिएको थिए ।

बुधबार समापन भएको तालिमका सहजकर्ता श्रीरेन्द्र प्रकाश पोख्रेलले तालिममा स्थानीयको सहभागिताले मानबमल मुत्रको प्रयोगलाई अन्य वडामा समेत विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले स्थानीयले ब्यवहारिक ज्ञानसंगै खेतबारीमै प्रयोग गर्न समेत सिकेकाले पनि सहज भएको बताए । अर्गानीक खेतीमा नमुना बनाउने अभियान अन्तरगत गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालय हुदै सार्वजनिक शौचालय, स्वास्थ्य संस्थामा रहेका शौचालयमा पिसाब संकलन गर्न मिल्ने गरी संरचना बनाउन आवश्यक रहेको प्रशिक्षक पोख्रेलको भनाई छ ।

तरकारी खेतीमा रसायनीक मलको प्रयोगलाई निरुत्साहित गदैं माटोको आयू र उत्पादन बृद्धि लगाएत संकलनको विधिका बारेमा सहजीकरण गरेका थिए । पिसाबको महत्वका बारेमा जानकारी भएपछि केही जिल्लाका कृषकले पिसाब पनि चोरी भएको गुनासो समेत गर्ने गरेको बताए । मानवमलमुत्रसंगै पशु मलमुत्र प्रयोगलाई समेत संगसंगै लैजाने गरी भकारो सुधारका कार्यक्रमलाई समेत आवश्यकता अनुसार प्राथकिता दिने गाउँपालिकाले जनाएको छ । जिल्लामा तरकारीखेतीमा संलग्न किसानले मानव मलमुत्रको प्रयोग त्यती प्रभावकारी देखिदैन् ।