मंगला गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बरंजाको महेन्द्ररत्न मावि प्रथम भएको छ । गाउँपालिकाको आयोजना तथा मंगला खेलकुद विकास समितिको ब्यवस्थापनमा सञ्चालित प्रतियोगिताको बिहिबार सम्पन्न खेलमा ११ स्वर्ण, ६ रजत र ९ कास्य पदक जोड्दै महेन्द्ररत्नले उपाधी जितको हो।

प्रतियोगितामा डनिङ आवासीय मावि बावियाचौरले ७ स्वर्ण, ५ रजत र ३ कास्य र दिपशिखा मावि कुहुँले ५ स्वर्ण,२ रजत र ३ काँस्य जित्दै क्रमश द्धितिय र तृतिय भएका छन् ।मंगला मावि बावियाचौरमा आयोजित प्रतियोगितामा आर्कषक मानिएको कवड्डी खेलको छात्र तर्फ मंगला मावि प्रथम, महेन्द्ररत्न मावि द्धितिय र डनिङ आवासीय मावि तृतिय भएका छन् ।

त्यस्तै छात्रा तर्फ महेन्द्ररत्न मावि, डनिङ आवासीय र मंगला मावि क्रमश प्रथम, द्धितिय र तृतिय स्थान हात पारेको मंगला खेलकुद विकास समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले बताए । उनका अनुसार प्रतियोगितामा भलिबल तर्फको खेलमा छात्र तर्फ छात्र तर्फ शिसुकल्याण मावि अर्मन प्रथम, मंगला मावि द्धितिय र महेन्द्ररत्न मावि तृतिय भएका छन् ।

त्यसैगरी छात्रा तर्फ महेन्द्ररत्न मावि, शिद्धशान्ति मावि हिदी र शिसुकल्याण मावि क्रमश प्रथम, द्धितिय र तृतिय स्थान हात पारेका थिए ।प्रतियोगितामा एथलेटिक्स विधामा छात्रछात्रामा क्रशम डनिङका याम बहादुर थापा र दिपशिखाकी एनजिला रोका, कवड्डीतर्फ मंगलाका पुस्कर शेरचन र महेन्द्ररत्नकी हिममायाँ रोका, भलिबलमा शिसुकल्याण माविका मनप्रसाद फगामी र महेन्द्ररत्नकी अनिशा रोकाले उत्कृष्ट खेलाडीको उपाधी हात पारेका थिए ।

प्रतियोगितामा विजेतालाई गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले पुरस्कार वितरण गरेकी थिईन् । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिका भित्रका खेलप्रतिभालाई उचित संरक्षण गर्ने बताए । समापन कार्यक्रममा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, मंगलाकी सिर्जना केसी, गार्उँपालिकाका सुचना अधिकृत राजेन्द्र आचार्य, गाउँपालिका भित्रका सबै वडा अध्यक्ष सहित विभिन्न संघसंस्थाबाट समेत उपस्थिती रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।