पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानकी एक बृद्धा बेनीमा अलपत्र अवस्थामा भेटिएकी छन् । पोखराबाट बेनी आउँदै गरेको अवस्थामा कालिपुल बसपार्कमा अलपत्र अवस्थामा भेटिएकी दर्शन बुढाथोकी नाम गरेकी बृद्धालाई जिल्ला खेलकुद विकास समितिकी कार्यसमिति सदस्य चन्द्रा घले गुरुङले आफ्नै घरमा ल्याएर राखेपनि आफन्तको पहिचान हुन नसकेको बताईन् ।

‘उहाँ अलपत्र अवस्थामा भेटिनुभएको थियो, खोजीकार्यका लागी अनुरोध गरेको छु’ घलेले बेनीअनलाइनलाई भनिन् । पोखराबाट कालिपुल बसपार्कमा आएपनि आफन्त नभेटिएको भन्दै बृद्धाले सहयोगको याचना गर्ेकी थिईन् ।

For Contact: 9847650450