जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानीमा रूखबाट लडेर एक यूवा गम्भीर घाईते भएका छन् । बिहिबार विहान ठाडाखानीको लेकमा घाँस काट्न रुख चढेका ३३ बर्षिय पोष्ट बहादुर छन्त्याल ‘प्रविण’ लडेर घाईते भएपछि प्राथमिक उपचारपछि हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको छ ।

लडेर मुख र शरीरका विभिन्न भागमा चोट लागेपछि वडा सदस्य टेकजित छन्त्यालले तत्कालै गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीलाई खवर गरेपछि एयर डाइनेष्टिकका क्याप्टेन अरुण मल्ल घटनास्थलमा पुगेका थिए । घाईते अवस्थामा स्थानीयले उद्धार गरेपछि थप हेलिकप्टरमार्फत थप उपचारका लागी मणिपालमा पु¥याइएको छ ।

भौगोलिक रुपमै विकट ठाडाखानीबाट सवारीसाधनमा बेनीहुदै पोखरा पु¥याउँदा ज्यानकै जोखिम भएपछि परिवारको चाहनामा हेलिकप्टरको ब्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाईते भएमा ब्यक्तिगत तथा गाउँपालिकाको आपतकालिन् उद्धार कोषबाट समेत केही सहयोग गरी उद्धार गर्न सकिने बताए । नेपालका दुईतिनवटा हेलिकप्टर कम्पनीमा म्याग्देली क्याप्टेन भएकाले पनि आपतकालिन् उद्धारमा सहज हुने उनले बताए । घाईते छन्त्यालको मुखबाट रगत बगेपछि पाखापानीबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगेको थियो ।