म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा शुत्रबारदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ ।रघुगंगा गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा जिसस प्रमुख केसीले रघुगंगा गाउँपालिकामा खेलकुदको प्रशस्त सम्भावना रहेको बताउनुभयो ।गाउँ गाउँमा लुकेर रहेका खेलाडीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । जिसस प्रमुख केसीले खेलकुदको विकासका लागि पूर्वाधार निर्माण र तालिमको आवश्यकता रहेको बताउनुभयो ।

प्रजिअ लीलाधर अधिकारीले स्वस्थ्य, अनुसाशनका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउँदै खेल क्षेत्रलाई मर्यादित, व्यवसायिक र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भण्डारीले रघुगंगामा खेलकुदको विकासका लागि राष्ट्रपति रनिङ्ग शिल्डले सहयोग पु¥याउने बताउनुभयो ।

अध्यक्ष भण्डारीले आफूले जनप्रतिनिधिको हैसियतमा सरकारबाट पाएको रकम जम्मा गरेको भववबहादुर भण्डारी कोषबाट छात्र र छात्रामा उत्कृष्ट हुने एक एक जना खेलाडीलाई पाँच हजार पाँच सय रुपैयाँका दरले र बिजेता विद्यालयलाई दश हजार रुपैयाँ उपलब्ध गराउने बताउनुभयो ।  कार्यक्रममा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्ल, नेपाली काँग्रेसका प्रतिनिधि केवी भण्डारी, जिल्ला खेलकुद विकास समितिका सदस्य सुदिप मल्लले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष भण्डारीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको स्वागत मन्तब्य र शिक्षा शाखाका संयोजक बालकृष्ण उपाध्यायको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो ।भलिबल र एथलेटिक्स खेलको २४ वटा बिधामा प्रतिस्प्र्धा हुने प्रतियोगितामा ९ वटा माध्यमिक र १ वटा आधारभुत विद्यालयले सहभागिता जनाएका छन् । ८०० मिटर दौडको उद्घाटन खेलको छात्र, छात्रा तर्फ पिप्लेको रघुगंगा मावि बिजयी भएको थियो ।

८०० मिटर दौडको छात्रतर्फ रघुगंगा माविका तोपेन्द्र मल्ल प्रथम, जनता मावि दग्नामका निर्मल गर्बुजा दृतीय र महादेव मावि बेगका सुसन फगामी तृतीय भएका छन् । ८०० मिटर दौडको छात्रातर्फ रघुगंगा माविको कक्षा ७ की १२ वर्षीया करुणा भण्डारी प्रथम, मुक्तिधाम मावि भगवतीकी समुना मल्ल दृतीय र ज्ञानोदय माविकी अनुसाकुमारी कार्की तृतीय भएका छन् ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय हुने विद्यालयलाई रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित तीस हजार, बीस हजार र दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

छात्र÷छात्रा भलिबल र एथलेटिक्समा प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई ८ हजार, छ हजार र चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । एथलेटिक्सको प्रत्येक बिधामा प्रथम, दृतीय र तृतीय हुनेलाई प्रत्येक खेलाडीलाई नगद पाँच सय, तीन सय र दुई सय रुपैयाँका दरले पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ । पत्रकार सन्तोष गौतमको सहयोगमा