बुद्ध शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले यूवा बौद्ध संघ म्याग्दीले आयोजना गरेको सातौ माविस्तरीय बौद्ध हाजिरी जवाफ रनिङ शिल्ड प्रतियोगिताकोमा बेनी सामुदायिक मावि प्रथम भएको छ । बालबालिकालाई कुलतबाट बचाउने, अनुशासित र चरित्रवान् बनाउँदै घरघरमा बुद्ध शिक्षा पु¥याउन लक्ष्यका साथ बुद्ध विहारमा आयोजित प्रतियोगितामा गलेश्वर आर्दश आमावि र बेनी आमावि क्रमश द्धितिय र तृतिय भएका थिए ।प्रतियोगितामा लोकदिप आमावि र न्यू वेष्ट पोइन्ट आमाविले सान्त्वना स्थान हात पारेका थिए ।

प्रतियोगितामा विजेताले नगद ५ हजार, रनिङ शिल्ड, विजेता शिल्ड, उपविजेताले नगद ३ हजार, विजेता शिल्ड, तृतिय र सान्त्वनाले क्रमश नगद २ हजार र १ हजार, मेडल, प्रमाणपत्र प्राप्त गरेको यूवा बौद्ध संघ म्याग्दीका सदस्य एवम् निर्णायक मण्डक सदस्य नरेश श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताका विजेतालाई बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले पु्स्कार वितरण गदैं विद्यालयमा बुद्ध शिक्षालाई प्राथमिकता दिदैं नैतिकता र असल कर्मका लागि बुद्धका पञ्चशीलतालाई प्राथमिकता दिनुपर्ने बताउनु्भयो ।

प्रतियोगितामा म्याग्दी बुद्ध संघका संस्थापक अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, कार्यवाहक अध्यक्ष भुलमायाँ तिलिजा, महिला बौद्ध संघकी अध्यक्षटकसरा राना, निर्णायक मण्डलका संयोजक याम शाक्य, विहारका भिक्षु सम्यक सम्बोधी प्राणपुत्र लगाएतको उपस्थिती रहेको थियो ।प्रतियोगिताको अवसरमा यूवा बुद्ध संघका अध्यक्ष सचिन शाक्यले भगवान बुद्धको शिक्षालाई नगरपालिकाले पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो । प्रतियोगिताको अध्यक्षता शाक्य, स्वाथत कार्यक्रम संयोजक याम बहादुर विक र सञ्चालन सचिव खम थापामगरले गर्नुभएको थियो । प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको थियो ।