Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

विज्ञान हाजिरी जवाफ प्रतियोगितामा होराईजन, पाउद्धार र शिसुकल्याण मावि प्रथम

विज्ञान विषयको ज्ञानमा विद्यार्थीलाई अब्बल बनाउन प्रकाश माविले शुक्रबार जिल्लाका ६ वटै स्थानीय तहका विद्यालयलाई लक्षित गरी हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । जिल्लामा प्लस टू मा एक मात्रै विज्ञान संकायको कक्षा सञ्चालन गरिरहेको विद्यालयले विज्ञान विषयामा विद्यार्थीलाई आर्कषित गर्न प्रकाश माविमा आयोजित विज्ञान रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगितामा पर्वत बेनीमा अवस्थित न्यू होराईजन आवासीय मावि प्रथम गलेश्वर आर्दश मावि, गलेश्वर द्धितिय र माउण्ट एभरेष्ट आवासीय मावि तृतिय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश ५ हजार, ३ हजार, २ हजार नगद, विजेता शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताका प्रमुख अतिथि एवम् समाजसेवी नैनकुमार श्रेष्ठ लगाएत अतिथिले पुरस्कार वितरण गरेका थिए । प्रकाश माविमा आयोजित प्रतियोगितामा बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र पर्वतको जलजला गाउँपालिकाका १६ विद्यालयले सहभागिता जनाएका थिए ।त्यस्तै अन्नपूर्ण गाउँपालिकाको वडा नं २ भुरुङ तातोपानीस्थीत सर्वोदय माविमा आयोजित प्रतियोगितामा पाउद्धार मावि प्रथम, सर्वोदय मावि द्धितिय र ज्ञानप्रकाश माविले तृतिय स्थान हात पारेका थिए ।

प्रतियोगितामा विजेताले क्रमश ५ हजार, ३ हजार २ हजार नगद विजेता शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थिए । प्रतियोगिताका विजेतालाई स्रोतब्यक्ति जयराम सुबेदीले पुरस्कार वितरण गरेका थिए । अन्नपूर्ण गाउँपालिकाका ५ विद्यालयले सहभागिता जनाएका थिए ।

यता पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दरबाङ स्थीत जनप्रिय माविमा आयोजित प्रतियोगितामा मंगला गाउँपालिका वडा नं ५ शिसुकल्याण मावि प्रथम भएको छ । प्रतियोगितामा रुमकाु अमरज्योती मावि द्धितिय र जनप्रिय मावि दरबाङ तृतिय भएका छन् । विजेताले क्रमश ५ हजार, ३ हजार २ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । विजेतालाई जनप्रिय मावि ब्यवस्थापन समितिका अध्यक्ष शिवनारायण फगामीले पुरस्कार वितरण गरेको प्रकाश माविका शिक्षक विनय श्रेष्ठले बेनीअनलाइनलाई जानकारी दिए । दरबाङमा मंगला, मालिका र धवलागिरी गाउँपालिकाका ११ विद्यालयले सहभागिता जनाएका थिए । प्रकाश माविमा सञ्चालित विज्ञान संकायले साविकको धवलागिरी अञ्चलमा सर्वोत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

Exit mobile version