नसेलको टावरमा आगजनी भएको छ । बागलुङका विभिन्न ठाउँमा रहेका निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेएलका टावरहरूमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको हो । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका ८ काँडेवाँस र निसीखोला गाउँपालिका ७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी भएको हो । आगजनीबाट टावरमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।