बेनी नगरपालिका २ बगरफाँटमा रहेको वुद्ध एकेडेमिले शुक्रबार विभिन्न कार्यक्रम गरेर १३ औ अभिभावक दिवस मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रजिअ लीलाधर अधिकारीले शैक्षिक विकासमा निजी विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले निजी विद्यालयको राम्रा अभ्यासको सामुदायिक विद्यालयहरुले अनुशरण गरेमा शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष रुद्र गुरुङको अध्यक्षता, शिक्षक प्रेम विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा निर्देशक राजकुमार थापाले विद्यालयको समग्र अवस्था समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा स्थानीय अगुवा मिनबहादुर कार्की, प्याबसन म्याग्दीका हिरा पुन लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थी र अभिभावकहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।