अज्ञात समुहले म्याग्दीको विभिन्न स्थानमा रहेका दुरसञ्चार सेवा प्रदायक संस्था एनसेलको टावर आक्रमण गरी क्षती पु¥याएको छ । शुक्रबार राती रघुगंगा गाउँपालिका वडा नं ५ झिँ र मंगला गाउँपालिकाको कुुहुँको सिमानामा अवस्थित पर्यटकीयस्थल टोड्के, मंगला गाउँपालिकाको बरंजा झाँक्रीपानी, बेनी नगरपालिका वडा नं ३ भकिम्लीको मुसुङडोले र मालिका गाउँपालिका वडा नं १ निस्कोटमा टावर नजिक रहेको जेनेटरमा विष्फोटक पर्दाथको प्रयोग गरी क्षती पु¥याइएको छ ।

यसअगाडी पनि निस्कोट, मुसुङ र खवराको पिपलडाँडाको सामुदायिक बनमा रहेको टावरमा आगजनी गरिएको थियो । देशभर एकैपटक एनसेलका टावरमा क्षती पु¥याइरहेको अज्ञात समुहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।घटनास्थल आसपासका क्षेत्रमा खोजीकार्य भइरहेको प्रहरी निरिक्षक लोकेन्द्र बहादुर गुरुङले बेनीअनलाइनलाई बताए ।

‘दोषीको पहिचान गरी कडा कारवाही गरिन्छ,‘अपराधिक गतिविधिमा संलग्न भएकालाई खोजीकार्यमा सहयोगको अपिल गर्दछौ’ उनले भने । देशका विभिन्न भागमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आरोप लगाइएपनि म्याग्दीमा भने आगजनीको कुनै जिम्मेबारी लिइएको छैन् ।

राज्यलाई कर उपलब्ध नगराएको भन्दै विप्लव माओवादीले पटकपटक एनसेललाई धम्की समेत दिने गरेको थियो । एनसेलको टावरमा क्षती पु¥याएको आरोपमा विगतमा समेत पक्राउ गरी प्रहरीले कारवाही गर्ने गरेको थियो । देशभर एकै किसिमको आक्रमण भएकाले पनि यसलाई सुनियोजित मानिएको छ । जिल्लाको भकिम्ली, कुहुँको टोड्के, देविस्थान, मराङ लगाएतका क्षेत्रमा एनसेलको टावर रहेको छ ।