स्वर्गीय सुदिप रावल स्मृती कोष बेनीले राष्ट्रिय परिक्षा बोर्डले लिएको कक्षा ११ र १२ मा जिल्लामै उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई शनिबार एक कार्यक्रम गरी सम्मान गरेको छ । २०७३÷७४ सालको परिक्षामा म्याग्दीका निजी तथा सामुदायिक विद्यालयबाट सहभागि भइ उत्कृष्ट अंक प्राप्त गर्ने ३ जना विद्यार्थीहरुलाई पुरस्कृत गरेको हो ।

कोषले उत्कृष्ट औषत जिपिए ३.३१ लिएर जिल्ला प्रथम भएकी प्रकाश मावि विज्ञान संकायकी छलिकुमारी जैशी, जिल्ला द्धितिय भई ३.२१ जिपिए लिएका मालिका गाउँपालिका वडा नं ६ दरवाङस्थति जनप्रिय माविका कुलदेवी पुन र जिल्ला तृतिय भएकी न्यु वेष्ट पोइन्ट आवासिय उच्च माविकी अन्तिमा श्रेष्ठलाई सम्मान गरेको थियो । सम्मान कार्यक्रममा प्रमुख अतिथि एवम् गण्डकी प्रदेशका सदस्य विनोद केसीले पुरस्कार वितरण गदैं परिवारको एक सदस्य गुमाउँदाको पीडाको महसुस आफुँलाई समेत हुने गरेको बताए ।

उनले कोषमार्फत भइरहेका शिक्षा लगाएत विभिन्न क्षेत्रमा गरेको सहयोगका बारेमा जानकार रहेको बताए । उत्कृष्ट विद्यार्थीले क्रमश ६ हजार,३५ सय र २ हजार नगद, प्रमाणपत्र प्राप्त गरेका थिए । सोही अवसरमा विद्यालयलाई समेत सम्मान गरिएको थियो । कोषका अध्यक्ष सन्तोष रावलको अध्यक्षता, सदस्य हरिकृष्ण गौतमको स्वागत र सचिव बिक्रम बोगटीको सञ्चालनमा समपन्न कार्यक्रममा विद्यालयका तर्फबाट न्यू वेष्ट पोइन्ट आमाविका सहायक प्रधानध्यापक कृष्ण जिसी र कोषका सल्लाहकार नेत्र बहादुर महतले सामाजिक भावना भएका युवाको अधुरो सपनालाई कोष मार्फत पुरा गर्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा स्वर्गी सुदिपका बुबा दुर्गाबहादुर रावल, समाजसेवी हरिकृष्ण श्रेष्ठ, शेरबहादुर केसी, माउण्ट एभरेष्टका संस्थापक सदस्य राजु केसी लगाएतको उपस्थिती रहेको थियो ।  लोकदिप आवासीय माध्यामिक विद्यालयबाट माध्यामिक शिक्षा पुरा गरेका स्वर्गिय रावल, दक्षिण कोरियामा समेत अध्यायन गर्न गएका थिए । २०६५ फागुन १ गते बागलुङमा दुर्घटनामा परि ज्यान गुमाएका म्याग्दी रत्नेचौरका सुदीप रावलको स्मृतीमा उनका दाजु सन्तोष रावलले स्थापना गरेको २ लाख १० हजार रुपैयाको कोषले शैक्षिक र खेलकुद गतिबिधीमा सहयोग गर्दै आएको छ ।