रघुगंगा गाउँपालिका– ५ झिँ मा शुत्रबारदेखि सञ्चालित अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिताको उपाधी रघुगंगा मावि पिप्लले जितेको छ। गाउँपालिकको आयोजनामा विद्यालयस्तरमा लुकेका प्रतिभालाई उजागर गर्न आयोजित प्रतियोगितामा रघुगंगाले १० स्वर्ण, ५ रजत र ४ काँस्य पदक जित्दै रनिङ शिल्ड आफ्नो पोल्टामा पारेको छ। त्यस्तै रघुगंगा गापा २ भगवतीस्थती मुक्तिधाम माविले ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्दै दोस्रो स्थान सुरक्षित गरेको छ भने महेन्द्र मावि झिँले ३ स्वर्ण, २ रजत र ६ काँस्य पदक जितेको र शिक्षा शाखाका संयोजक बालकृष्ण उपाध्यायले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार प्रतियोगिताको प्रमुख आर्कषक मानिएको भलिबल अन्तरगत छात्रतर्फ मुक्तिधाम मावि प्रथम, ज्ञानोदय मावि द्धितिय र रघुगंगा मावि तृतिय भएका छन् । त्यस्तै छात्रा तर्फ अमर मावि पाखापानी प्रथम, रितुङ मावि कुईनेमंगले द्धितिय र महेन्द्र मावि झिँ तृतिय भएका छन् । भलिबल र एथलेटिक्स खेलको २४ वटा बिधामा प्रतिस्प्र्धा हुने प्रतियोगितामा ९ वटा माध्यमिक र १ वटा आधारभुत विद्यालयले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत रमेश थापा, शिक्षा विकास तथा समन्वय इकाईका विश्वप्रकाश रेग्मी, पुराना खेलाडी मिन पाईजा लगाएतको उपस्थिती रहेको यिथो ।

जिल्लाका सबै स्थानीयतह स्तरीय राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता समापन भएको छ । जिल्लामा एक नगरपालिका सहित पाँच वटा गाउँपालिकाले प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको समापनसंगै सामुदायिक विद्यालयले बार्षिक परिक्षालाई केन्द्रित गरी गर्ने जनाएका छन् । जिल्लास्तरीय हुने प्रतियोगिता यसबर्षदेखि स्थानीय तहस्तरीय भएकाले पनि पहिलो अनुभव भएको बताउँदै आगामी बर्ष थप ब्यवस्थित गर्ने गाउँपालिका अध्यक्ष भण्डारीले बताए । उनले खेल प्रतिभालाई गाउँपालिकाबाट आवश्यकता अनुसार प्रोत्साहनका कार्यहरुलाई प्राथमिकता दिने बताए ।