गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताबाट १२ खेलाडी आठौ  राष्ट्रिय खेलकुदका लागि छनौट भएका छन् । म्याग्दीको सदरमुकाम बेनीमा तीनदिनसम्म सञ्चालित प्रतियोगितामा बागलुङका विजेस जिसी प्रथम, कास्कीका विधान अधिकारी द्धितिय, भुगोल गुरुङ (कास्की) र बिशाल खड्का (बागलुङ) तृतिय स्थान हात पारेका छन् ।

प्रतियोगितामा राजिव खड्का (बागलुङ), सुरेन्द्र हमाल (म्याग्दी) र केबल श्रेष्ठ(नबलपुर) समेत राष्ट्रिय खेलका लागि छनौट भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका कार्यालय प्रमुख दानबहादुर राईले बताए । उनका अनुसार प्रतियोगितामा महिलातर्फ कास्कीकी पुनम गुरुङ प्रथम, यामकुमारी गुरुङ द्धितिय, रजिता गुरुङ र बागलुङकी सुनिता पोबी तृतिय भएकी छन् । प्रतियोगितामा चौथो स्थान सुरक्षित गरेकी कास्कीकी अन्तरा राणा समेत छनौट भएकी छन् ।

बिहिबारदेखि सञ्चालित प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका ५८ खेलाडी सहभागिता रहेको प्रतियोगितामा पुरुष ३८ महिला २० जना खेलाडीले रहेका थिए । प्रतियोगितामा विजेतालाई प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासनी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगाएतले सम्मान गरेका थिए । छनौट भएका खेलाडी गण्डकी प्रदेशको तर्फबाट प्रतिनिधित्व गदैं प्रदेश नम्बर ५ मा आयोजना हुने आठांै राष्ट्रिय खेलकुदमा सहभागि हुनेछन् ।