गाउँबाट बेनी हिडेका एकजना बेपत्ता भएका छन् । अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चे काफलडाँडाका ५७ बर्षिय लक्ष्मण पूर्जा बेनी तर्फ आउँदै गरेको अवस्थामा बेपत्ता भएको परिवारले बताएका छन् । मानसिक रुपमा कमजोर पुर्जा सदरमुकाम बेनीमा आफन्तलाई भेट्न घरबाट हिडेपनि शनिबार रातीसम्म सम्पर्कमा नआएको उनका आफन्त दिलु पुनले बेनीअनलाइनलाई बताईन् ।

‘खोजीकार्य भइरहेको छ, बाटोमा कतैपनि भेटिनुभएन’ पुनले भनिन् । उनका अनुसार गलेश्वर आसपासुका क्षेत्रबाट बेनी आउँदै गर्दा हराएको हुनसक्ने भएकाले पनि खोजीकार्य भइरहेको बताईन् । सवारीसाधनको प्रयोग वा कसै बसेको हुनसक्ने भन्दै आफन्तले खोजीकार्यमा सहयोग गर्न अपिल गरेका छन् ।

काफलडाँडा हुदै पदैलमार्गबाट आएको जनाइएको छ ।गलेश्वरदेखि बेनी तथा पर्वत बेनी हुदै मालढुंगासम्म खोजीकार्य गर्दा समेत फेला नपरेपछि सार्वजनिक अपिल गरेका छन् । अलपत्र अवस्थामा भेटिएमा निम्न नम्बर वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

सम्पर्क नम्बरहरु

9846760585, 9867886766, 9818595713