परिवारका सदस्य घर बाहिर गएको मौका छोपी एक यूवाले अन्दाजी ८४ बर्षिया बृद्धालाई जवरजस्ती गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–३पिप्लेकी बृद्धालाई स्थानीय ३३ बर्षिय गोरे दर्जीले बलात्कार गरेका हुन् । करिव चारबार्ष देखि हिड्न नसक्ने, कान नसुन्ने, मुख नबोेल्न बृद्धालाई मदिरामा लठ्ठ परेका दर्जीलाई परिवारकै एक सदस्यले देखेपछि भाग्ने प्रयास गरेपछि छिमेकीले समाति प्रहरीको जिम्मा लगाइदिएका थिए ।

अभियुक्तले मासु लिएर कुराकानी गर्ने प्रयासमा जवरजस्तीको प्रयास गरेका थिए । अभियुक्तलाई शुक्रबार राती नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकबहादुर गुरुङले बताए ।बृद्धाको शरीरका विभिन्न भागमा चोट देखिएको छ । बृद्धाको बेनी अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । बलात्कृत बृद्धाको तर्फबाट आफन्त र छिमेकीले घटनाको उजुरी दिएपछि अभियुक्तलाई जवरजस्ती करणी अपराध गरेको अभियोगमा जिल्ला अदालतमा मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।