गतबर्षको चैत्र १ गते विद्यालयबाट घर फर्किदा आमा मैयाँ किसानले साँधुरो कोठामा डोरीले पासो लगाएर झुन्डिएको देख्दा १० बर्षिया सुस्मिता किसान चर्को स्वरमा चिच्याउँदै सहयोग मागिन् । भोकै विद्यालयमा गएकी सुमिस्ता र उनकी दिदी अस्मिताले खाजा खोल्दै जाँदा नजिकै एकबर्षको भाईलाई साँक्षी राखेर आमाले पासो लगाएर आत्महत्या गरेको देखेपछि बेनी नगरपालिका–२े हाँडेभिर आसपासमा मान्छे जम्मा भए ।

आत्महत्याको बोटो रोज्दै डेढबर्षको बालकलाई साक्षी राखेर संसार छोडेकी मैयाँलाई हेरेर रुदै गरेका अमृतको अवस्था देखेर धेरैको आँखा रसाए ।बैदेशिक रोजगारमा विदेशीएका श्रीमान, चरम गरिबीका कारण छोराछोरीलाई पेटभेरी खाना समेत दिन नसक्ने अवस्थाकी मैयाँले घरमा कोही नभएको मौका छोपी खाटको छेउमा पासो लगाएपछि चारैजनाको बिचल्ली भयो । आमाको मृत्युपछि आसपासका पसल, ग्यारेजमा चालक, ब्यवसायीलाई मागेर गुजारा चलाउँदै आए ।

विहान–बेलुकी हातमुख जोड्न समेत ठुलै यूद्ध जिते जस्तै हुन्थ्यो ।जन्मदिने आमाले सधैको लागी छोडेर गएपछि बुबा समेत नियमित सम्पर्कमा नआउँदा मावली हजुरआमा र मामासंगै बस्दै आएका अस्मिता सहित चार भाईबहिनीका बारेमा समाचार प्रकाशित भएपछि आर्थिक सहयोगसंगै दैनिकी सहज भएको छ ।

पोशाक, कितावकपी लगाएत आवश्यक पर्ने शैक्षिक साम्रागीको अभावमा सदरमुकाम बेनीकै सामुदायिक विद्यालय छोडेका सुस्मिताले एकबर्षपछि म्याग्दी जीप तथा बस सञ्चालक समितिको सहयोगमा आवासीय सुविधा सहित विद्यालयमा भर्ना भएका छन् । सधैजसो समितिका सचिव सुमन श्रेष्ठ लगाएतसंग खाजा खर्च माग्दै आएका चार बालबालिका मध्ये दुईजनालाई श्रेष्ठको पहलमा माध्यामिक तहसम्मको शिक्षाका लागि दाताको खोजी भएपछि आइतबार माउण्ट एभरेष्ट आवासीय माविमा भर्ना गरिएको छ ।

सुस्मितालाई समिति र अस्मितालाई पोखरास्थति अटोओए प्रालिमार्फत सञ्चालक नारायण पौडेलले पाँचबर्षसम्मको प्रतिबद्धता जनाएका छन् । सुस्मिता २ र अस्मिता ५ कक्षामा भर्ना भएका छन् । भर्नाका लागी विद्यालयमा आयोजित समितिका कार्यवाहक अध्यक्ष लाल बहादुर थापा, प्रथम उपाध्यक्ष दान बहादुर केसी, द्धितिय उपाध्यक्ष चन्द्र बहादुर क्षत्री, कार्यसमिति सदस्य कृष्णबहादुर घर्ती र कार्यालय प्रमुख देबेन्द्र पौडेलको उपस्थितीमा भर्ना गरिएको छ । ‘उनीहरुको अवस्था हामीलाई भन्दा धेरै कसैलाई थाहा छैन्,‘छाप्रोमा बसेर पढ्ने अवस्था नभएपछि एउटाको शिक्षादिक्षाको जिम्मा लिएका हौ’समितिका कार्यवाहक अध्यक्ष थापाले भने । उनले समितिले मासिक शुल्क सहित आवासीय सुविधाको जिम्मा लिएको बताउँदै नियमित शैक्षिक गतिविधिका बारेमा समेत जानकारी लिने बताए ।

समितिले यातायात ब्यवसायीसंगै सामाजिक अभियानलाई समेत प्राथमिकता दिने बताए । प्रयाप्त शिक्षा विना अवको दुनियाँ सफल हुन सम्भव नभएको बताउँदै विद्यालयबाट समेत रचनात्मक सहयोगको अपेक्षा गरेको बताए । बेनी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा विद्यालयका सञ्चालक समिति सदस्य राजु केसी, पत्रकार हरिकृष्ण गौतम, प्रधानध्यापक डा. त्रिदिव उपाध्यायले बोलेका थिए । कार्यक्रमको सञ्चालन अमृत सापकोटाले गरेका थिए ।