Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

बेनीमा गण्डकी प्रदेशस्तरीय तेक्वान्डो प्रतियोगिताको छनौट सुरू

जिल्ला सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय तेक्वान्डो प्रतियोगिताको छनौट सुरू भएको छ । प्रदेश नम्बर ५ मा आयोजना हुने आठांै राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गदैं गण्डकी प्रदेश सांसद विनोद केसीले मार्सल आटका विभिन्न विधामा गण्डकी प्रदेश नेपालमै उत्कृष्ट रहेको बताए ।

जिल्ला समन्वय समितिका अध्यक्ष देबेन्द्र बहादुर केसी,पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले खेलकुदको विकासमा सरकारले बजेटलाई प्राथमिकता दिनुपर्ने बताए । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाका २ सय जना खेलाडी सहभागिता रहेका छन् ।

पुरुषको ५४ केजी देखि ८० केजी माथि समुह र महिलाको ४६ केजीदेखि ७४ केजी समुहको प्रतिस्पर्धा हुने छ ।प्रतियोगिताबाट महिला र पुरुष गरी २२ जना छनोट गरिने खेलकुद विकास समितिका कार्यालय प्रमुख दानबहादुर राईले बताए । उनका अनुसार ११ जना पुरुष र ११ जना महिला खेलाडी छनोट गरिने छ । प्रतियोगिताको उद्घाटनसत्र अगाडी पञ्चेबाजा सहित बेनीबजार परिक्रममा गरिएको थियो ।

Exit mobile version