घायलश्री/ चाहिदो उचाई, कसिलो शरिर, पाखुराहरुमा खोपिएको ट्याटु, लामो कपाल, मिलाएको दाह्रीसँगै रिसाए जस्तो देखिने अनुहार, झट्ट हेर्दा कुनै फिल्मको खलनायक जस्तो देखिने ब्यक्ति बेनी बजार वरिपरि तँपाईहरुले देख्नु भो भने चाहिँ नडराउनु होला किनभने देखिएका सबै कुराहरु सत्य हुदैनन् । हो, तिनै नदेखिएका कुराहरुको खोजी गीत, सङ्गीत र कला क्षेत्रमा गरिएको हुन्छ । माथि बर्णन गरिएको जस्तो ब्यक्ति गीतहरुमा चाहिने दृश्य खोज्न, गीतहरुको भिडियोमा खेल्ने कलाकार खोज्न बजार वरिपरि घुमिरहने पात्र हुन् भूपेन बानियाँ ।

२०४५ सालमा बेनी नगरपालिका –६ छापमा जन्मिएका भूपेन बानियाँ (हाल–बेनी बजार म्यादी) एक मोडेल तथा म्युजिक भिडियो निर्माता पनि हुन् । बिहान उठेदेखि नै गीत सङ्गितमा ब्यस्त रहन्छन् । शारीरिक रुपले पनि निकै सुन्दर देखिने भूपेनले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । आफ्नो खाईलाग्दो शरीर देखाउनकै लागि मात्र उनी साङ्गितिक क्षेत्रमा प्रवेश गरेका मात्र होइनन् । धेरै सुझबुझका साथ कलाकारिता क्षेत्रमा लागेका हुन् । उनी म्युजिक भिडियो मात्र खेल्दैनन्, बनाउछन् पनि । कलाकारिता क्षेत्रमा केही गरौं भन्ने सोचका साथ यो क्षेत्रमा आएका हुन् ।

आफूसँगैका साथीहरु धमाधम बिदेस गएर पैसा कमाई भविष्य सुरक्षित बनाइरहेको यस समयमा उनी भने कला र संस्कृतिको जगेर्ना गर्ने उदेस्यले Creative Media Production – 2010) खोलेर कलाकारिता क्षेत्रमा प्रवेश गरका छन्। सुन्दरताको धनी धवलागिरि अञ्चल त्यसमा पनि म्याग्दीलाई प्रकृतिले पनि पूर्ण साथ दिएको छ । प्रकृतिका यिनै छटाहरुलाई पर्दामा ल्याएर सिङ्गो म्याग्दीको उचाई बढाउने उनको मूख्य योजना छ । त्यसैले पनि Creative Media Production – 2010 ले उत्पादन गर्ने हरेक भिडियोहरुको छायाङ्कन सकेसम्म म्याग्दीभित्रै गर्ने उनले प्रण गरेका छन् । उनले पहिलो पटक 2016 दुईवटा म्युजिक भिडियोबाट आफूलाई पर्दामा ल्याएका ल्याए ।

नेपाली सुगम संगीतका प्रसिद्ध गायक प्रमोद खरेलको “दिलको पानामा“ र सहिमा श्रेष्ठको “पाउजुको छमछम “ बोलको गीतमा अनु शाहसँग अभिनय गरेका थिए । अभिनयको साथ साथै विभिन्न डकुमेन्ट्री बनाउने काममा पनि आफूलाई निकै ब्यस्त एवम् पोख्त बनाएका भूपेनले 2014 मा पहिलो पटक म्युजिक भिडियो निर्देशन गरेका थिए । आफ्नो म्युजिक भिडियोको सफलतासगै त्यसपछिका दिनहरुमा उनले आफूलाई फोटो सुट, म्युजिक भिडियो निर्देशन ,छायाङ्कन तथा सम्पादन गर्दै आफ्नो ब्यस्तता अझै सशक्त बनाएको पाइन्छ ।

2017मा गीतकार स्व. लोकेस बोगटीप्रति समर्पण गर्दै तेस्रो म्युजिक भिडियो “म त हिड्नु पर्ने मान्छे “ मा सिर्जना क्षेत्रीसँग मोडलिङ तथा निर्देशन गरेका उनले हाल सम्म करिब २ दर्जन भन्दा बढी म्युजिक भिडियो आफैले छायांकन, सम्पादन एवम् निर्देशन गरिसकेका छन् । कलाकारितामा बिशेष रुचि राख्ने उनी सामाजिक कार्यहरुमा पनि उत्तिकै अग्रसर हुनेगरेका छन् । भबिस्यमा छोटो फिल्म (short movie) बनाउने लक्ष्य लिएका उनले आफ्ना सबै म्युजिक भिडियोहरु ? Creative Media Production बाट नै बजारमा ल्याइरहेका छन् ।