बरंजा भकिम्ली माईती कुटुम्ब समाज काठमाण्डौले बरंजाका दुई अग्नीपिडितलाई आर्थिक सहयोग गरेको छ । मंगला गाउँपालिका वडा नं ३ खर्कका रुद्ध बहादुर रोका र वडा नं ४ थर्पुका लाल बहादुर रोकालाई समाजले प्रति परिवार २५ हजार र नौमती बाजा समुह काठमाण्डौले पाँचपाँच हजार सहयो गरेको समाजका अध्यक्ष कमल पुनले बताए ।

समाजका कोषाध्यक्ष रण बहादुर रोकाले सोमबार बरंजामा एक कार्यक्रम गरी वडा नं ३ का अध्यक्ष कविन्द्र रोका सहितको उपस्थितीमा सहयोग हस्तान्तरण गरेका थिए । विद्युत सर्ट भएर आगलागी भएपछि दुवैजना पिडितलाई सहयोगको पहल गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष रोकाले आर्थिक सहयोगले राहत मिलेको बताएका थिए ।

साविकको भकिम्ली गाविस हाल बेनी नगरपालिका वडा नं ३ र बरंजा गाविस हाल मंगला गाउँपालिका वडा नं ३ र ४ वडाबासीको सक्रियतामा स्थापना भएको समाजले सामाजिक तथा परोपकारी कार्यमा सक्रिय छ ।  प्राकृतिक विपत्ती, धार्मिक तथा अन्य कार्यमा सक्रियतापुर्वक लाग्ने गरेको समाजले स्थापनकाल देखी विभिन्न सामाजिक कार्यमा सहभागिता जनाएको छ ।