आठौं राष्ट्रिय खेलकुदको प्रदेश छनौटमा पहिलो स्वर्ण पदक उसु मार्फत हात पारेको छ । म्याग्दीका उसु खेलाडी शुशिल श्रेष्ठ स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदकालागि छनौट भएका छन् ।चितवनको भरतपुरमा फागुन १३ देखि शुरु भएको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट बेनी नगरपालिका शुशिल गत वर्ष भएको राखेप च्याम्पियनसिपमा पनि राष्ट्रिय प्रतियोगितामा सहभागि भएका थिए ।

त्यस्तै उसुमै बेनी कि दिपिका राईले रजत पदक हात पारेकी छिन् । आर्थिक अभाव तथा विभिन्न किसिमका अघोषित दवावलाई थिचोल्दै छनौटमा पुगेकी राईले रजत पदक जितेकी हुन् । उनलाई आवश्यकता अनुसार थप प्रतिक्षणको प्रतिबद्धता समेत प्राप्त भएको उसु संघले जनाएको छ ।

जिल्ला उसु संघ म्याग्दीमा आवद्ध ७ खेलाडी सहभागि रहेको प्रदेश स्तरीय छनौटमा म्याग्दीका मिलन थापा फाइनल प्रवेश गरेका छन् भने अभिशेक बानियाँ, अबिस्ना शाही, सुरज पौडेल सेमीफाइन प्रवेश गरेका छन । जिल्ला उसु संघ म्याग्दीका प्रशिक्षक विकल कँडेलका अनुसार फागुन १४ गते सम्मको खेलमा एक स्वर्ण र एक रजत हात लागि सेकेको छ । फाइनल पुगेका मिलनको सम्भावना राम्रो रहेकोले अर्को पनि स्वर्णमा दावेदारी रहँदै गर्दा पनि सेमीफाइनलमा पुगेकाहरु पनि स्वर्णकै लागि खेलीरहेको प्रशिक्षक कँडेलले बताए ।