पोखरामा गण्डकी प्रदेशस्तरीय सुचना प्रविधिको वृहत् मेलाको आयोजना हुने भएको छ । सूचना प्रविधिको प्रयोग तथा जिल्लास्तरमा हुने आविष्कारलाई समेत प्रर्दशन गरी प्रदेशलाई प्रविधिको क्षेत्रमा अब्बल बनाउन उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल(क्यान)महासंघ कास्की शाखाले प्रदेशका सबै जिल्लाको सहभागिता रहनेगरी आगामी फागुन १८ देखि २४ गतेसम्म वृहत मेलाको आयोजना गर्ने भएको हो ।

मंगलबार सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा विश्वबजारमा प्रयोग भइरहेको प्रविधिमा सर्वसाधारणको सहज पहुँच पु¥याउन पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा दसौं संस्करणको ‘भायानेट क्यान ईन्फोटेक मेला’ एवं प्रदेशस्तरीय सुचना प्रविधि वृहत् मेलाको आयोजना गरिएको क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणी बास्तोलाले बताए ।

मेलाको अवसरमा सुचना प्रविधि संग्रालयको ब्यवस्था गरेर कम्प्युटरको पहिलो आविष्कारदेखि अहिलेसम्म तथा अन्य क्रमिक विकासका चरणहरुका बारेमा जानकारी गराउने, प्रदेशस्तरीय टाइपिङ प्रतियोगिता, सुचना प्रविधि सम्बन्धि हाजिरीजवाफ, डक्सटप र ल्यापटप कम्प्युटरको निशुल्क मर्मतसेवा, ल्यापटप एक्सचेन्ज अफर, आईसिटी क्षेत्रमा स्थानीयस्तरमा भएका उपलव्धिको प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी र बिक्री वितरणको व्यवस्था मिलाईने क्यान महासंघ कास्कीका अध्यक्ष यूवराज पौडेललेजानकारी दिए ।

क्यान कास्कीका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको पत्रकार भेट कार्यक्रममा मेलाका आईटी संयोजक इश्वर चालिसे, पत्रकार महासंघ म्याग्दीका सभापति तारानाथ शर्माले मन्तब्य राखेका थिए। क्यान महासंघ म्याग्दीका अध्यक्ष बामदेव रिजाल,क्यान कास्कीका सदस्य सुनिल पाण्डे लगाएतको उपस्थिती रहेको थियो । मेलामा करिब २६ लाख रुपैयाँ बराबरको कारोबार हुने र २२ लाख खर्च गदैं ४ लाख नाफा गरिने आयोजकले जनाएको छ ।