अलैची खेतीबाट मनग्य आम्दानी गर्ने गरी सोच बनाएर खेती विस्तार गरेका रघुगंगा गाउँपालिका वडा नं ८ स बहादुर सेन्चुरी दुईपटकको भारी हिमपात र असिनापानीले क्षती पुगेपछि निरास भएका छन् । उच्च लेकाली भूभागमा अलैचीको सम्भावना देखेर दुईबर्ष अगाडीदेखि खेती सुरु गरेका सेञ्चुरीले कुईनेमंगलेमा १० रोपनी र छिमेकी चिमखोलामा समेत ५ रोपनीमा खेती गरेपनि हिमपात लगाएतका कारणले यसबर्ष विरुवा नै नष्ट भएको बताए ।

‘अलैचीमा ठूलै नोक्सानी भयो,‘बाख्लो हिमपातले अधिकांस नष्ट भयो’ सेञ्चुरीले भने । उनका अनुसार पटकपटक बर्षासंगै हावाहुरी र हिमपातले नष्ट भएपनि थप योजना बनाएको बताए । उनले अलैची खेतीका बारेमा प्रयाप्त जानकारी नभएपनि बजारमा सहजै विक्री हुने भएकाले पनि खेतबारी लगाएत आसपासका क्षेत्रमा भएका जमिनमा विस्तार गरेको बताए । तीनबर्षमा खरिद गरेर ल्याएको बताउँदै उत्पादनको नजिक प्रतिकुल मौसमले सखाप पारेको गुनासो गरे । जित बराईली