गण्डकी प्रदेशस्तरीय तेक्वान्डो प्रतियोगितामा म्याग्दीका दुई खेलाडीले दुई स्वर्ण जित्दै प्रदेश नम्बर ५ मा आयोजना हुने आठांै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन् । म्याग्दीको सदरमुकाम बेनीस्थति कालिपुलमा आयोजित प्रतियोगितामा रश्मी श्रेष्ठले ४६ केजी र ममता गर्बुजाले ६७ केजी तौल समुहमा स्वर्ण जित्दै गण्डकी प्रदेशबाट आठांै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी छनौट भएको खेलाडी एवम् प्रशिक्षक राजकुमार परियारले बताए ।

‘थप स्वर्णपदकका लागि धेरै प्रयास थियो,‘दुवैजनाले गण्डकी प्रदेशका लागि स्वर्ण जित्ने गरी अभ्यास गर्नेछन्’ परियारले भने। उनका अनुसार स्वर्ण पदकको दावेदारी अधिकांस उपबिजेता हुदै रजत पदकमा सिमित भएको बताए । स्वर्णपदक विजेता दुवै खेलाडीले विगतमा जिल्ला, क्षेत्रीय तथा राष्ट्रियस्तरको खेलमा समेत पदक जितेका थिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको ब्यवस्थापनमा सञ्चालित प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

प्रतियोगितामा ८ जिल्लाका २ सय जना खेलाडी सहभागिता रहेका छन् । पुरुषको ५४ केजी देखि ८० केजी माथि समुह र महिलाको ४६ केजीदेखि ७४ केजी समुहको प्रतिस्पर्धा गरेका थिए । महिला र पुरुष गरी २२ जना छनोट भएका छन् । ११ जना पुरुष र ११ जना महिला खेलाडी छनोट गरिएपनि अन्तिम सुची सार्वजनिक गरिने आयोजकले जनाएको छ ।