गण्डकी प्रदेशस्तरीय तेक्वान्डो प्रतियोगितामा म्याग्दीबाट प्रदेशस्तरीय खेलमा सहभागी भएका खेलाडीले दुई स्वर्ण सहित रजत र कास्य गरी १२ पदक जितेका छन् । मंगलबार सम्पन्न भएको खेलमा आठांै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रश्मी श्रेष्ठले ४६ केजी र ममता गर्बुजाले ६७ केजी तौल समुहमा स्वर्ण जितेका छन् भने अन्य खेलाडीले पदक लिएर प्रदेशस्तरीय खेलबाटै फर्किएका छन् ।

जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानका अनुसार ४९ केजीमा सिर्जना बराईली, ८० केजीमा सुरेन्द्र बर्देवा, ७४ केजीमा राजकुमार परियार,सविना उचोई मगरले द्धितिय स्थान जित्दै रजत पदक जितेका छन् । त्यस्तै प्रतियोगितामा सुमा बुढामगर ५७ केजी,मिलन घिमिरे ६३ केजी,सुस्मिता दर्जी ६२ केजी, सोयता शाक्य ५१ केजी,गुप्र पुम्छेमा अन्तरगत इशा गर्बुजा र कुशल सुनार र प्रमोद परियारले काँस्य पदक जितेका हुन् । प्रतियोगितामा रजत र काँस्य पदक जित्ने खेलाडीले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउने छैनन् ।