म्याग्दीको सदरमुकाम बेनीको एक होटलमा खाजा खाइरहेको अवस्थामा चर्किएको सिलिंग तीनजना घाईते भएका छन् । बेनी नगरपालिका वडा नं ८ न्यूरोडमा रहेको सफल रेष्टुरेन्टमा खाजा खाइरहेको अवस्थामा चर्किएको सिंलिङले टाउकोमा चोट लाग्दा अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानका अनिसा पुर्जा, २ बर्षका श्याम पुर्जा र अस्मिता पुन घाईते भएका छन् ।
न्यूरोडस्थति देवी केसीको पुरानो पक्की घरमा सञ्चालित रेष्टुरेन्टमा खाजा खान गएका ग्राहकलाई चोट लागेपछि तत्कालै होटल सञ्चालक र स्थानीयले उद्धार गरी बेनी अस्पतालमा पु¥याएका थिए । टाउकोमा चोट लागेपनि तीनजनाको अवस्था समान्य रहेको छ । बुधबार चेकजाँच गर्ने गरी घाईते घर फर्किएको प्रहरीले जनाएको छ ।