गरिमा विकास बैँक लिमिटेडले मृतक ग्राहकको ऋण मिनाह गरेको छ । बैँकले शाखा कार्यालय गल्याङद्धारा सञ्चालित लघुवित्त कार्यक्रममा आवद्ध बागलुङ जिल्ला धुल्लुबास्कोट ७ स्थायी ठेगाना भई हाल स्याङजाको गल्याङ नगरपालिका ३ स्थित तल्लो गल्याङ बस्ने ६८ वर्ष अमृता थापाको असमायीयक मृत्यु भएकोले बैँकले स्वर्गिय थापाको नाउँमा बाँकी रहेको कर्जाको साँवा तथा ब्याज रकम रु ७८ हजार २ सय ६२ मिनाह गरेको छ ।

बैँकले एक कार्यक्रमको आयोजना गरि स्वर्गिय थापाको छोरा ज्ञान बहादुर थापालाई रु ७८ हजार २ सय ६२ बराबरको चेक हस्तान्तरण गरेको हो ।बैँकले लघुवित्त कार्यक्रममा आवद्ध सलस्यहरुलाई औषधि उपचार खर्च, दैवि प्रकोप खर्च, क्रिया खर्च, शैक्षिक प्रोत्साहन, खर्च, पहिलो र दोस्रो सन्तान जन्माउदा सुत्केरी खर्च, केन्द्र तथा सदस्य प्रोत्साहन खर्च समेत उपलब्ध गराउदै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गरिमा विकास बैँकका निर्देशक श्याम प्रसाद बस्यालले ऋण  लिने व्यक्तिको नै निधन भएमा ऋण मिनाह गर्ने बैँकको निति अनुरुप ऋण मिनाह गरिएकाृ जानकारी दिनुभयो ।उहाँले सामाजिक उत्तरदायित्व अन्तरगत बैँकले विभिन्न विद्यालयमा कम्पुटर, किताब, कापी, झोला, पोसाक वितरण गरेको बताउनुभयो ।

निर्देशक बस्यालले गरिमा विकास बैँकले सुखमा नभई दुखमा पनि साथ दिने गरेको भन्दै यसबाट कारोबार गर्न आग्रह गर्नुभयो ।कार्यक्रममा गरिमा विकास बैँकका गल्याङ शाखा प्रबन्धक चिरञ्चीवि अर्यालले ऋण लगानी गर्न मात्र नभई गरिमा विकास बैँकले समाजका विभिन्न पक्षमा सहयोग गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा गरिमा विकास बैँकका संस्थापक सेयरधनी ईन्द्र अधिकारी, गल्याङ एफ. एमका स्टेशन म्यानेजर केपी खनाल लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो ।तल्लो गल्याङ गरिमा महिला समाजकी अध्यष तारा भुषालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बैँकका कर्मचारी सन्देश पुन मगरले गर्नुभएको थियो ।