नियमित सन्तुलित भोजन प्रयोग गर्ने जस्मा दैनिक रूपमा साग र सलाद अनिवार्य समावेश गर्ने।

– दैनिक ८ गिलास शुद्धिकरण गरिएको पानी पिउने

– नास्ता खाने बानीको विकास गर्ने,स्वस्थ्यको लागि धेरै पटक थोरै थोरै गरेर खानु राम्रो हुन्छ त्यसैले बिहान बेलुका मात्र नखाने।

– टुसा उम्रेका अनाज, मौसमअनुसारका, फलफुल, सागपात, गेडागुडी र फाइबर युक्त खाना सकेसम्म बढी खाने।

– बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने ।

– सकेसम्म कम प्रशोधित घरमा बनाएको खाना प्रयोग गर्ने

– चिसो पेयपदार्थ नपिउने र चिया र कफी कम पिउने

– मोटोपन नियन्त्रण गर्ने

– फ्याटको मात्रालाइ सकेसम्म कम गर्नु पर्दछ। वनस्पति श्रोतको फ्याट शरीरलार्इ लाभदायक हुन्छ।

– नुन दैनिक ३ देखि ५ ग्राम मात्र प्रयोग गर्ने, बढी गुलियो नखाने

– तरकारीको बोक्रा नफाल्ने

– भुटेको भटमास, मकै, चना खाने

– बासी सडेको,फोहोर तथा किटाणुले संक्रमण गरेको खानेकुरा सेवन नगर्ने।

– बिहान कम्तिमा ३० मिनेट हिड्ने अथवा नियमित व्यायाम गर्ने

– तनावमा काम नगर्ने

– परिवार सदस्य संग सुख दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने

– ध्यान तथा योग गर्ने

– तारेको,डढेको नखाने र जंकफुड तथा फास्टफुड सेवन नगर्ने

– बेलाबेलामा मनोरञ्जन गर्ने

– हरेक कुरामा चित्त बुझाउने, ससाना कुरालाइ लिएर चिन्तित नहुने

– शाकाहारी खानपान शैली अपनाउने

– आफूलाई कमजोर नसम्झने

– सकारात्मक सोचाई राख्ने